२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विदेशबाट आएका युवकको होटलमा मृत्यु: ‘सेक्स पावर’ बढाउने औषधी सेवनबाट मृत्यु भएको आशंका

२०८१, ११ असार मंगलवार १२:२७

असार ११,  वीरगन्ज । सिरहाको धनगढीमाई नगरपालिका १० स्थित धनगढीमाई होटल एण्ड लजमा आज अपरान्ह एक युवकको मृत्यु भएको छ। 

यौनशक्ति बढाउने औषधिको सेवन गरी प्रेमिकासँग शारीरिक सम्पर्क राख्दा एक युवकको मृत्यु भएको आशंका गरिएको छ । वैदेशिक रोजगारीबाट घर फर्किएकै दिन प्रेमिकासँग यौन सम्बन्ध राख्न होटेल पुगेका धनगढीमाई नगरपालिका ३ का करिव ३२ वर्षीय प्रमोद कुमार कामतीको मृत्यु भएको प्रहरीले जनाएको हो ।  ‘सेक्स पावर’ बढाउने औषधीको सेवनबाट उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । 

मृतक कामती वैदेशिक रोजगारीबाट आज विहानमात्र घर आईपुगेको परिवारजनले जानकारी दिए। मृतका बुवा रामनारायण कामतीले विदेशबाट आउने वितिकै कसैलाई केही नभनी छोरा घरबाट निस्किएको बताए। मृतक कामतीको श्रीमतीसहित तीन छोरा र दुई छोरी छन्।


प्रहरीले चलाएको सोधपुछमा त्यही बेला मृतक कामत सोमबार बिहान साढे ९ बजे एक महिलासँगै उक्त होटेलमा इन्ट्री गरेको पाइएको छ । जसमा आफू विदेशबाट आएको राहदानी देखाउँदै होटेलमा श्रीमतीसँग बस्ने भनेर होटेल बुक गरेको खुलेको प्रहरी अनुसन्धानले देखाएको छ ।  

होटल संचालक धर्मा महतोका अनुसार विहान ९.३० बजे एक जना महिलासँगै आएका कामती होटलमा प्रवेश गरेको जानकारी थिए। धेरै समय भइसक्दा समेत होटल चेक आउट नभएपछि ढोका खोल्दा कामती मृत अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरेको होटल संचालक महतोले जानकारी दिए। 

त्यसपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।  मुचुल्का उठाउन घटनास्थलमा तत्कालै प्रहरीको टोली पुग्यो । त्यसपछि उक्त टोलीले शवको बरामदी मुचुल्का उठाउनुको साथै घटनाको प्रकृति तथा विश्लेषण सुरु ग¥यो । 

यही क्रममा प्रहरीको टोलीले होटेलमा मृतकलाई बान्ता गरेको तथा उत्तानो अवस्थामा मृत अवस्थामा फेला पारेको थियो । प्रहरीका अनुसार जहाँ मृतकले अत्यधिक बान्ता गरेका थिए । 

त्यसपछि प्रहरीको टोलीले त्यही कोठाबाट २ वटा प्रयोग भएको कन्डमसमेत बरामद पारेको छ ।  बरामद भएको ती कन्डम र बान्ताको विश्लेषण गर्दा उनको मृत्यु यौन शक्ति बढाउने औषधी सेवनबाट भएको प्रहरीको निष्कर्ष छ । 

प्रहरीले मृतकसँगै गएकी महिलाको पहिचान भइसकेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण