१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रास्वपा महामन्त्री ढकाललाई कारबाही गर्ने पार्टीको तयारी

१३ असार २०८१, बिहीबार ०९:०१

असार १३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकाललाई पार्टीले कारबाही गर्ने तयारी गरेको छ।

बुधबार पार्टीको अवस्था बुझ्न गरेको जिल्ला भ्रमणको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका ढकाललाई महामन्त्रीको जिम्मेवारीबाट हटाउने तयारी गरिएको हो।

बुधबार साँझमात्रै ढकालले उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेलाई पार्टीको अवस्था निराशाजनक रहेको भन्दै प्रतिवेदन बुझाए पनि दिउँसैदेखि सञ्चारमाध्यममा प्रतिवेदन भएका कुराहरू बाहिर आएका थियो।

सभापति लामिछानेसँग दूरी बढिरहेका बेला प्रतिवेदन पार्टीमा नबुझाई त्यसका विषयवस्तु सार्वजनिक गरेको भन्दै पार्टीको एउटा पंक्ति उनलाई तत्कालै जिम्मेवारीबाट हटाउनुपर्ने ‘लविङ’मा लागेको छ।

ढकालले जेठ ६ गतेदेखि असार ५ गतेसम्म एक महिना ३८ जिल्ला पुगेर पार्टीको अवस्थाबारे बुझेका थिए। ‘समीक्षा यात्रा’ नाम दिइएको युक्त अभियानका क्रममा ३८ जिल्लाका २ दुई हजार ७९ जनासँग दोहोरो अन्तर्क्रिया गरी गरिएको ढकालले उल्लेख गरेका छन्।

ढकालले पेश गरेको प्रतिवेदनमा पार्टी अघि बढ्नै नसक्ने अवस्थामा पुगेको र यदि यस्तै अवस्था रहे अर्को चुनावसम्म राष्ट्रिय पार्टीसमेत बन्न नसक्ने गरी दुई-तीन सिटमा खुम्चिने दाबी छ।

सभापति लामिछानेको कार्यशैली र उनीमाथि लागेका आरोपका कारण पार्टीको विस्तारभन्दा पनि खुम्चिने अवस्था बढ्दै गएको प्रतिवेदनमा उल्लेख भएको रास्वपाका एक नेताले बताए।

ती नेताका अनुसार ढकालको प्रतिवेदनमार्फत रास्वपाभित्रको उकुसमुकुस विस्फोट भएको छ। उकुसमुकुस विस्फोट गराइँदा आफूमाथि कारबाही हुन सक्ने आंकलन ढकालले प्रतिवेदनको अग्रपृष्ठमै बुधबार उल्लेख गरेका छन्।

सभापति लामिछानेप्रति इंगित गर्दै ढकालले आफूले गर्दै नगरेको कामको समेत जिम्मेवारी लिनुपरेको, जनतासमक्ष आफ्ना कुरा भन्नै नपाएको भनी दुखेसो गरेका छन्। साथै, उनले प्रतिवेदन जस्ताकोत्यस्तै सार्वजनिक गरिदिएर आफूमाथि न्याय गरिदिन आग्रहसमेत गरेका छन्।

उनले प्रतिवेदनमा भनेका छन्,  ‘यसमा मेरोपनि व्यक्तिगत राजनीतिको सवाल छ। मैले गर्दैनगरेको कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो। मेरा कुरा के के हुन्, जनतालाई मैले कहिले भन्नै पाइनँ। नराम्रा जति मेरा, राम्रा जति सबै अरूका भए। मेरा कुरापनि के छन्, त्यो जनताले थाहा पाउनुपर्छ। मेरोपनि राजनीतिक अधिकार हो। यो प्रतिवेदन ११.३ लाख जनता जसले घण्टीमा भोट हाले, उहाँहरूले पनि थाहा पाउनुपर्छ। यो प्रतिवेदन सार्वजनिक नगरिनु ममाथि पार्टीले गरेको अन्याय हुन्छ। ममाथि न्याय गरियोस् यो प्रतिवेदन जस्ताको‍तस्तै सार्वजनिक गरियोस्।’

प्रतिवेदनले पार्टीभित्र र बाहिर ‘भुइँचालो’ ल्याएपछि सभापति लामिछानेले बिहीबार बिहान पार्टी कार्यालयमा बैठक बोलाएका छन्। गृहमन्त्रीको सय दिनको समीक्षाको भनेर बैठक बोलाइएपनि प्रतिवेदन र ढकाल नै छलफलको मुख्य विषय रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। सांसदहरूलाई अनिवार्य गरिएको बैठक अहिले पार्टी कार्यालयमा चलिरहेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल