2026-07-24 10:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पर्सामा एसईईमा ९४ प्रतिशत भन्दा बढी विद्यार्थी अनुत्तीर्ण

असार १४,  वीरगन्ज | पर्सा जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ९४ प्रतिशत भन्दा बढी विद्यार्थी अनुत्तीर्ण (नन् ग्रेडिङ) भएका छन्। 

शिक्षा विकास तथा समन्वय इकाई पर्साले दिएको जानकारी अनुसार एसईइमा पर्साबाट ९४.०९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका हुन्। गत चैत १५ देखि चैत १६ गतेसम्म सञ्चालित एसईई पर्साबाट कूल ९ हजार ३३८ जना विद्यार्थी सहभागी भएकोमा ती मध्ये ५.९ प्रतिशत मात्र अर्थात् ५५२ जना विद्यार्थी उत्तीर्ण भएका छन्। ८ हजार ८८७ जना विद्यार्थी भने अनुत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख मोती प्रसाद भट्टराईले जानकारी दिए। 

उनका अनुसार एसईईमा पर्साबाट ३.६ देखि ४ भन्दा कम जीपीए ल्याउने ८० जना, ३.२ देखि ३.६ जीपीए ल्याउने ८५ जना, २.८ देखि ३.२ जीपीए ल्याउने २०६ जना र २.४ देखि २.८ जीपीए ल्याउने १८१ जना मात्र रहेका छन्।

बाँकी ८ हजार ८८७ जना नन्ग्रेडमा परेको उनले बताए। पर्सा जिल्लामा ४ जीपीए ल्याउने विद्यार्थीको संख्या शून्य रहेको जानकारी पनि  उनले दिए।  भट्टराईले भने, ‘पर्सामा ४ जीपीए ल्याउने एक जना पनि विद्यार्थी छैनन्। एक जना मात्र विद्यार्थीको ३.९९ प्रतिशत जीपीए आएको छ।’

पर्सामा यस पालिको एसईईको नतिजा निकै निराशाजनक आएको उनले बताए। भट्टराईले भने,‘ यसपालि  पर्साको एसईईको रिजल्ट राम्रो छैन। निकै निराशाजनक र कमजोर देखियो। अब यसबारे सरोकारवालाले गम्भीर समीक्षा गर्नुपर्छ।’  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक