२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आज असार १५: जलवायु मैत्री कृषि,धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ धान दिवस मनाइदै

२०८१, १५ असार शनिबार ०३:१५

असार १५, काठमाडौँ ।  आज असार १५  ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससंगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईंसंगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने चलन छ ।  

कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । आज २१औँ धान दिवस ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि ’ भन्ने नाराका साथ मनाइँदैछ ।

प्रमुख खाद्यान्न बाली धान हाम्रो खाद्य सुरक्षाको प्रमुख आधार हो । हाम्रो सन्दर्भमा धानले आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक महत्व राख्दछ । यसर्थ, धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्दति पनि हो । धानमा अन्तर्निहित यिनै विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले वि.सं. २०६१ देखि नियमित रूपमा प्रत्येक वर्ष आषाढ १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ ।

यसै सन्दर्भमा यस वर्ष "जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि" भन्ने नाराका साथ २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव, २०८१ विभिन्न कार्यक्रमहरु सहित मनाउन लागिएको छ । जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकरात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिहरुको प्रचार प्रसार गरी तिनको अवलम्वन गर्न कृषक र अन्य सम्बद्ध पक्षहरुलाई सचेत र जागरुक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनु पर्ने सन्देश यस वर्षको नाराले दिएको छ ।

यस वर्षको २१औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवको उपलक्ष्यमा आषाढ १४ मा नेपाल कृषि अनुसन्धान परिषद् परिसर खुमलटारमा राष्ट्रिय योजना आयोगका कृषि क्षेत्र हेर्ने माननीय सदस्यज्यूको प्रमुख आतिथ्यतामा आइआरआरआई र बिआरआरआईका प्रतिनिधिहरु एवं अन्य सरोकारवालाहरुको सहभागितामा धान विशेष अन्तरक्रिया कार्यक्रम (राइस सिम्पोजियम) सञ्चालन हुने तय गरिएको छ ।

आज चितवनको बछौलीमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा रोपाइँ मूल समारोह गरी राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव मनाइने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ