२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अनन्त-राधिकाको विवाहको निमन्त्रणा कार्डको चर्चा

२०८१, १५ असार शनिबार ०७:३३

असार १५, काठमाडौं । भारतीय उद्योगपति मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी राधिका मर्चेन्टसँग जुलाई १२ मा विवाह बन्धनमा बाँधिदैछन् । मुम्बईमा हुने यो भव्य समारोहमा परम्परा र भव्यताको मिश्रण देखिनेछ ।

विवाहको तयारीका बीचमा यो जोडीको विवाहको कार्ड सार्वजनिक भएको छ । भीभीआइपीलाई दिएको निमन्त्रणा पत्रमा चाँदीको मन्दिर छ । भित्र ४ वटा सुनको मुर्ति छ । दोस्रो निमन्त्रणा पत्र सुनौलो बक्समा छ । यसमा मन्दिरलाई सानो आकारमा बाकस भित्र राखिएको छ । यो पनि ईश्वरीय विषयवस्तुमा आधारित छ ।


सानो अलमारी खोल्दा चाँदीको मन्दिर देखिन्छ । यस मन्दिरमा गणपति, राधा-कृष्ण र देवी दुर्गाको मूर्तिहरू छन् ।

हातले लेखिएको पत्र, बक्स खोल्ने बित्तिकै विष्णु मन्त्र प्रतिध्वनित हुन्छ । सुन्दर ढंगले कढ़ाई गरिएको विवाह बक्सको माथि भगवान विष्णुको चित्र छ ।

कार्डमा बनाइएको बाकस खोल्ने बित्तिकै विष्णु मन्त्र गुञ्जन थाल्छ । रातो रङको निमन्त्रणा बाकस खोल्दा चाँदीको सानो मन्दिर देखिन्छ । यसमा गणपति, राधा-कृष्ण र देवी दुर्गाको सुनको मूर्ति छ। एउटा थैलीमा पश्मिना सल, अर्कोमा रुमाल छ । दोस्रो निमन्त्रणा कार्डमा, पहिलो एउटा सानो खाममा नीता अम्बानीको हातले लेखिएको पत्र हो । यसमा उनले आफ्नो भावना व्यक्त गर्दै निमन्त्रणा दिएकी छिन् । यस पत्रको विभिन्न पृष्ठहरूमा विभिन्न अनुष्ठानहरूको बारेमा जानकारी छ । 

माथिल्लो भागमा वैकुण्ठ धामको दृश्य देखिन्छ । एउटा थैलीमा कश्मीरका कलाकारहरूले बनाएको पश्मिना सल छ । अर्को थैली खोल्दा अनन्त-राधिकाको आद्याक्षरले भरिएको रुमाल छ । 

अन्त्यमा ऋग्वेदको एउटा श्लोक लेखिएको छ ।

अनन्त र राधिकाले यसअघि मार्चको सुरु र मेको अन्त्यमा प्रि-वेडिङ समारोह मनाएका थिए । अब जुलाई १२ गते शुभ विवाह, जुलाई १३ मा शुभ आशीर्वाद र जुलाई १४ मा स्वागत समारोह हुनेछ । यी तीन कार्यक्रम मुम्बईको जियो वर्ल्ड सेन्टरमा आयोजना हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ