१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

म्यानपावरहरुमा एकाएक तरंग: फ्री भिसा फ्री टिकटमा कामदार पठाएको विवरण मागियो

१७ असार २०८१, सोमबार १६:५०

असार १७, काठमाडौँ । वैदेशिक रोजगार बिभागले सबै म्यानपावरहरुसँग फ्री भिसा फ्री टिकटमा पठाएको कामदारहरुको सम्पर्क नम्बर सहितको विवरण मागेको छ । बिभागले यस्तो विवरण मागेसंगै म्यानपावरहरुमा एकाएक तरंग उत्पन्न भएको छ । 

बिभागले माग गरे अनुसार म्यानपावरले दिने विवरणमा रोजगारमा जाने श्रमिकहरुको नम्बर सहित उल्लेख गरि विवरण पठाउन १५ दिनको म्याद दिईएको हो । म्यानपावरहरुले खाडीका ६ राष्ट्र सहित मलेसिया रोजगारमा डिमाण्ड ल्याउँदा फ्री भिसा फ्री टिकटको कोटा भएको कागजात सरकारी निकायमा बुझाएर  बिज्ञापनमा समेत फ्री भिसा फ्री टिकट उल्लेख गरि डिमाण्डहरु ल्याउने गरेका छन् । तर ति मध्ये ९० प्रतिशत भन्दा बढी कामदारले वैदेशिक रोजगारमा जाँदा सरकारले तोकेको भन्दा चर्को लागत तिरेर वैदेशिक रोजगारमा जान बाध्य छन् । मागपत्र प्रमाणीकरण गराउँदा म्यानपावरहरुले दुतावासमा बुझाउने कागजी विवरण फ्री भिसा फ्री टिकट अन्तर्गतकै पेश हुने गरेको छ । तर केहि शुन्य लागतमा मात्र कामदार पठाउने म्यानपावर बाहेक अधिकांशले कामदारको माग ल्याउँदा कागजी प्रक्रिया मात्र फ्री भिसा फ्री टिकट अनुसारको पुराएर कामदार पठाउँदा भने बिचौलियाहरु प्रयोग गरि चर्को अशुली गर्ने गरेको गुनाशो चौतर्फी छ । 

मनपरी लागतको बेथिति अन्त्य गर्न नसक्दा सरकारको चर्को आलोचना हुँदै आएको छ । त्यसो त सरकारी निकायले नियमन गर्न नसक्दा व्यवसायीहरुबीच चर्को अस्वस्थ प्रतिष्पर्धा समेत बढ्दै आएको छ ।

सरकारले अब विवरण मागे अनुसार निशुल्क कामदार पठाउने केहि म्यानपावरले मात्र कामदारको सम्पर्क नम्बर सहित यस्तो मागे बमोजिमको विवरण पठाउन सक्ने देखिन्छ । बिभागले निशुल्क को-को लाई पठाएको हो, उनिहरुको सम्पर्क नम्बर सहित विवरण मागेपछि फ्री भिसा फ्री टिकटमा कामदार नपठाएका अधिकांश म्यानपावर व्यवसायीहरुमा तरंग सृजना भएको छ ।   

हेर्नुहोस् सूचना: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै