कात्तिक १२, कञ्चनपुर | नेपाल र भारतका सुरक्षा अधिकारी सीमा क्षेत्रमा हुने अपराध रोक्न सहमत भएका छन् । 

बिहीबार भारतको बनबासामा आयोजना गरिएको संयुक्त ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १२, कञ्चनपुर | नेपाल र भारतका सुरक्षा अधिकारी सीमा क्षेत्रमा हुने अपराध रोक्न सहमत भएका छन् । 

बिहीबार भारतको बनबासामा आयोजना गरिएको संयुक्त ब"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

नेपाल-भारत सीमा क्षेत्रमा हुने अपराध रोक्ने सहमति

१२ कार्तिक २०७३, शुक्रबार ०४:१५

कात्तिक १२, कञ्चनपुर | नेपाल र भारतका सुरक्षा अधिकारी सीमा क्षेत्रमा हुने अपराध रोक्न सहमत भएका छन् । 

बिहीबार भारतको बनबासामा आयोजना गरिएको संयुक्त बैठकमा दुवै देशका सुरक्षा अधिकारीहरु सीमा क्षेत्रमा हुने चोरीका सवारीसाधनको अवैध पैठारी, मानव बेचबिखन, लागुऔषध ओसारपसार, वन्यजन्तुको छाला, हड्डी जस्ता अखेटोपहारको अवैध व्यापार र जाली नोटको कारोबार रोक्न सहमत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नैन सिंह कार्कीले जानकारी दिनुभयो । 

“बैठकमा जघन्य अपराध गरी एक अर्को देशमा लुकेर बसेका अपराधीका बारेमा सूचना आदानप्रदान गर्न, अवैध हातहतियारको कारोबारलाई नियन्त्रण गर्न र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न दुवै देशका सुरक्षाकर्मी सक्रिय रहने सहमति भएको छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार बनबासा पुलमा आवतजावत गर्दा अनावश्यक हैरानी बेहोर्नुपरेको भनी नेपाली पक्षबाट आएका गुनासालाई सम्बोधन गर्ने, महाकालीपारि रहेको दोधारा चाँदनी नगरपालिकामा जाने सवारीसाधनलाई प्रमुख जिल्ला अधिकारीको सिफारिसमा सहज रुपमा आउजाउ गर्न दिनेलगायत सीमावर्ती क्षेत्रमा आइपर्ने अन्य समस्यालाई समन्वयात्मक ढङ्गबाट समाधान गर्ने विषयमा गहन छलफलपछि सहमति भएको छ । 

नेपाली गाडी बिना अनुमतिपत्र भारत जाँदा आरटिओमा तिर्नुपर्ने जरिवाना मिनाहा गरी खटिमादेखि पूर्णागिरिसम्म निर्बाध रुपमा आवातजावत गर्न दिने मौखिक सहमति समेत भएको छ । बैठकमा नेपाली पक्षबाट सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी विजयराज भट्ट, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, प्रहरी उपरीक्षक तुलसी अधिकारीलगायतको उपस्थिति थियो । यस्तै, भारतीय पक्षबाट कुमाउ परिक्षेत्र नैनीतालका पुलिस उपमहानिरीक्षक अजय रौतेलालगायत अन्य सुरक्षा अधिकारीको उपस्थिति थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता