२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बालविवाह मुद्दामा खोटाङका तीन दाजुभाइलाई कारागार चलान

१२ कार्तिक २०७३, शुक्रबार ०४:२२

खोटाङ, १२ कात्तिक । बालविवाह मुद्दामा पक्राउ परेका खोटाङका तीन दाजुभाइ कारागार चलान भएका छन् । अढाइ वर्षअघि भएको बालविवाहको मुद्दामा पक्राउ परेका जालपा–६ का ३५ वर्षीय जापान राई, २४ वर्षीय मदन राई र २० वर्षीय भलाकाजी राईलाई अदालतको आदेशमा कारागार चलान गरिएको हो । 

उमेर नपुगेकी किशोरीसँग विवाह गरेको भन्दै भलाकाजी र विवाहमा सहयोग गरेकामा दाजु जापान र मदनविरुद्ध प्रहरीमा माइती पक्षबाट उजुरी परेको थियो । तीन दाजुभाइलाई गत साउन २५ गते जिल्ला अदालतले जनही पाँच/पाँच हजार जरिवाना र एक/एक महिना कैद सजाय तोकेको थियो । 

अदालतको निर्णय आएलगत्तै फरार रहेका उनीहरुलाई खोजी गरी बुधबार जालपाबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले बताउनुभयो । पक्राउलगत्तै जिल्ला अदालतसमक्ष उपस्थित गराइएकामा अदालतकै आदेशमा बिहीबार कारागार चलान गरिएको हो । सुरुमै पक्राउ परेका उनीहरु १०/१० हजार धरौटीमा रिहा भएका थिए । बकपत्रपछि अदालतको निर्णय आएलगत्तै फरार रहेका उनीहरुलाई खोजेर पक्राउ गरिएको हो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य