2026-09-06 04:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विराट कोहलीको पबविरुद्ध एफआईआर दर्ता

असार २५,  बैंगलुरु । बैंगलुरुस्थित विराट कोहलीको पबमा राति अबेरसम्म चर्को स्वरमा संगीत बजाएको भन्दै एफआईआर दर्ता भएको छ । विराटको वान८ कम्युन पब एमजी रोडमा अवस्थित छ।

शनिबार (जुलाई ६) को राति कब्बन पार्क प्रहरी चौकीको टोली गस्तीमा निस्किएको डीजीपी सेन्ट्रलले बताए । बिहान १:३० बजेसम्म वान८ खुला रहेको भेटियो । 

पबका व्यवस्थापकले गलत किसिमको पब चलाउँदै आएका थिए । बेंगलुरुमा पबहरू बिहान १ बजेसम्म मात्र खोल्न अनुमति दिइन्छ। त्यसैले पबविरुद्ध कारबाही गरियो। वान८ बाहेक ३–४ अन्य पब विरुद्ध पनि मुद्दा दर्ता भएको छ । 

विराट कोहलीको वान८ कम्युनको दिल्ली, मुम्बई, पुणे र कोलकातामा पनि शाखाहरू छन्। बैंगलुरु शाखा डिसेम्बर २०२३ मा खोलिएको थियो । यो  रत्नम कम्प्लेक्सको छैटौँ तलामा अवस्थित छ। 

विराटले एक अन्तर्वार्तामा बैंगलुरु उनको मनपर्ने सहर हो र त्यसैले उनले शाखाको लागि बैंगलुरु रोजेको बताएका थिए । गत वर्ष वान८ को मुम्बई शाखा विवादमा परेको थियो । तमिलनाडुका एक व्यक्तिले आफूलाई धोती लगाएको कारण पबमा प्रवेश दिन अस्वीकार गरेको आरोप लगाएका थिए । एक्स पोस्टमा उनले पब व्यवस्थापनको यस्तो व्यवहारबाट आफू निकै दुखी भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ