2026-09-06 09:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

२४ वर्षीय युवकलाई डेढ महिनाभित्र सातौँ पटक सर्पले डस्यो

असार २८, काठमाडौँ । भारतको उत्तर प्रदेशको फतेहपुरका २४ वर्षीय विकास द्विवेदीलाई डेढ महिनाभित्र सातौँ पटक सर्पले डसेको छ  । भारतीय सञ्चारमाध्यमका अनुसार ३४ दिनभित्र उनलाई ६ पटक सर्पले डसेको थियो ।

बिहीबार सातौँ पटक उनलाई सर्पले डसेको हो । अहिले उनको अवस्था गम्भीर रहेको जनाइएको छ । उनलाई एक निजी अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विकासका अनुसार तेस्रो पटक सर्पले डसेपछि उनले सपनामा सर्पलाई देखेका थिए । आफूलाई छैटौँ पटक डसेपछि मात्र उनले आफूलाई सपनामा सर्पले भनेको कुरा सार्वजनिक गरेका थिए ।

आफूलाई सपनामा सर्पले नवौँ पटकसम्म डस्ने चेतावनी दिएको उनको भनाइ थियो । ८ पटकसम्म डस्दा बाँच्ने तर नवौँ पटक डसेपछि कुनै पनि हालतमा नबाँच्ने चेतावनी आफूलाई सर्पले दिएको उनले बताएका थिए ।

बिहीबार उनलाई सातौँ पटक सर्पले डसेको हो । यसबिचमा उनले सर्पको डसाइबाट जोगिनका लागि आफ्नो घर छोडेर कहिले सानीआमाको घर, कहिले काकाको घरमा बस्ने गरेका थिए । तर सानीआमाको घरमा जाँदा होस् या काकाको घरमा जाँदासमेत उनी सर्पबाट जोगिन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ