2026-07-26 12:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

यूएईबाट बिभिन्न देश पठाईदिने भन्दै ठगी धन्दा चलाउने मुकेश सापकोटा पक्राउ

असार ३०, काठमाडौँ । यूएईमा बसेर अन्य तेस्रो मुलुकमा पठाउने भन्दै ठगी गर्ने धन्दामा संलग्नलाई यएई प्रहरीले पक्राउ गर्न थालेको छ । युएईबाट क्यानडा, पोल्यान्ड, माल्टा लगायतको भिषा लगाइदिन्छु भन्दै ठग्नेमध्येका एक जना मुकेश सापकोटालाई प्रहरीले पक्राउ गरेको हो । 

सापकोटा पक्राउ परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीले यस्तो धन्दामा नलाग्न भन्दै चेतावनी दिएका छन् । उपाध्यक्ष मल्लले सापकोटाबाट अरु कुनै नेपाली ठगीएको भए रिपोर्ट लेखाउन अनुरोध गरेका छन् । उनले आफूहरू दुबईमा बसेर ठगीमा संलग्नमाथि निर्मम रूपमा प्रस्तुत भइरहेको भन्दै अरू ठगीमा संलग्नहरू पनि क्रमशः पक्राउ पर्ने बताएका छन् । मल्लले ठगि कार्यमा संलग्न मुकेसको साथि सरिता भन्ने युवती भागिरहेको हुँदा भेट्नुहुने वा देख्नुहुनेलाई प्रहरीमा खबर गरिदिन नेपाली समुदायलाई आग्रह गरेका छन् । 

यूएईबाट वैदेशिक रोजगारीको नाममा मानव तस्करी दिनानुदिन बढिरहेको सम्बन्धमा नेपाल सरकार भने बेखबर छ । एच आर कन्सल्टेन्सिको नाम दिएर यूएईमा श्रम गर्न गएका युवाहरूलाईनै लक्षित गरि गैर कानुनी तवरले युरोप, अमेरिका, अस्ट्रेलिया आदि पुर्याउने नाममा अहिले प्रतिस्पर्धा बढिरहेको छ । यस्तै नाममा युएईमा धेरै कन्सल्टेन्सीहरु खुलेका छन् । कतिपयले सामाजिक सञ्जालको दुरुपयोग गरि सूचना सम्प्रेषण गर्दै गैरकानुनी रूपमा नेपालबाट भिजिट भिसामा युएईमा पुर्याई त्यहाँबाट विभिन्न देश पठाउने धन्धासमेत चलाई रहेका छन् । 

आफूलाई रोजगार व्यवसायी बताउने यस्ता कन्सल्टेन्सीहरुले खुल्लमखुल्ला सामाजिक सञ्जालबाट रकमको आव्हान गर्ने, प्रोसेसिङ्ग शुल्क भनेर लाखौँ रकम उठाउने गरेको पाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ