२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

अघिल्लो आर्थिक वर्षको तुलनामा ३.८८ प्रतिशतले घट्यो रोजगारीका लागि बिदेशिनेको संख्या

२०८१, १ श्रावण मंगलवार ११:३७

साउन १, काठमाडौँ | अघिल्लो (२०७९/८०) आर्थिक वर्षको तुलनामा अहिले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ३.८८ प्रतिशतले घटेको छ । अहिले वैदेशिक रोजगारीमा ७ लाख ४१ हजार २ सय ९७ जना नेपाली श्रमिक गएका छन् । जसमा ८० हजार महिला श्रमिक छन् । 

विभागमा प्रवक्ता गुरुदत्त सुवेदीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा २९ हजार ९ सय ३० जना कम गएको हो । अघिल्लो आर्थिक वर्षमा ७ लाख ७१ हजार नेपाली श्रमिक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारी गएका थिए । जुन सबैभन्दा बढी हो ।


वैदेशिक रोजगार विभागका अनुसार नयाँ श्रम स्वीकृति लिई म्यानपावर कम्पनीमार्फत जानेहरूमा तीन लाख ५३ हजार जना रहेका छन् । व्यक्तिगत पहुँचको आधारमा ९५ हजार ३८ जना गएका छन् । वैदेशिक रोजगारीमा गई वार्षिक बिदामा आएर श्रम नवीकरण गर्नेहरूमा दुई लाख ८१ हजार रहेका छन् ।

मलेसिया र कतारले श्रमिक लैजान कटौती गरेपछि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको हो । मलेसियाले दुई महिनादेखि श्रमिक लैजान पूर्णरुपमा बन्द गरेको छ भने कतारले विश्वकप पछि श्रमिक लैजान कटौती गरिरहेको छ ।

श्रम विज्ञ गणेश गुरुङ नेपालमा आधारभूत आवश्यकता पूरा गर्ने रोजगारी नभएसम्म वैदेशिक रोजगारीमा नेपालीको संख्या बढ्दै गएको विषयलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् । उनले वैदेशिक रोजगारीले मुलुकको सिंगो अर्थ प्रणालीलाई नियमित रुपमा सञ्चालन गर्न तेलको काम गर्न थालेको बताए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो