कार्तिक १३ पर्वत । उद्योग वाणिज्य संघ पर्वतले यसपालीको पाँचौ पर्वत महोत्सव माघको पहिलो हप्तामा गरिने जनाएको छ । उवासंघ पर्वतले दिपावली पर्वको पूर्वसन्ध्यामा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महोत्सवको तयारी सम्वन्धमा समेत जानकारी गराएको हो । कार्यक्रममा शुभकामना आदानप्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक १३ पर्वत । उद्योग वाणिज्य संघ पर्वतले यसपालीको पाँचौ पर्वत महोत्सव माघको पहिलो हप्तामा गरिने जनाएको छ । उवासंघ पर्वतले दिपावली पर्वको पूर्वसन्ध्यामा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महोत्सवको तयारी सम्वन्धमा समेत जानकारी गराएको हो । कार्यक्रममा शुभकामना आदानप्र"/>
2026-07-07 04:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पाँचौ पर्वत महोत्सव माघको पहिलो हप्तामा

2016-10-29

कार्तिक १३ पर्वत । उद्योग वाणिज्य संघ पर्वतले यसपालीको पाँचौ पर्वत महोत्सव माघको पहिलो हप्तामा गरिने जनाएको छ । उवासंघ पर्वतले दिपावली पर्वको पूर्वसन्ध्यामा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महोत्सवको तयारी सम्वन्धमा समेत जानकारी गराएको हो । कार्यक्रममा शुभकामना आदानप्रदान गरिनुका साथै उवासंघ पर्वतले निकट समयमै आयोजना गर्न थालेका कार्यक्रमबारे समेत सहभागीहरुलाई जानकारी गराएको थियो ।
    संघ पर्वतले जिल्लाको व्यापार, पर्यटन र संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले पर्वत महोत्सव गर्दै आएको छ । शुभकामना कार्यक्रममा जिल्लाका सभासदहरु अर्जुन प्रसाद जोशी, विकास लम्साल, कल्पना चापागाई, जिल्लाका उद्योगी, व्यवसायी, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधि, सर्वसाधारणको सहभागीता थियो । कार्यक्रममा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उवासंघद्धारा तयार पारिएको डकुमेन्टूी समेत प्रदर्शन गरिएको थियो । डकुमेन्टूी प्रभावकारी नभएको भनी सहभागीहरुले आलोचना गरे ।
    उवासंघ पर्वतका अध्यक्ष हरिओम शर्मा लामिछानेले हुँदै गरेको महोत्सवबारे सरोकारवालालाई जानकारी गराएका थिए । उवासंघ पर्वतका वरिष्ठ उपाध्यक्ष गोपी अधिकारीका अनुसार महोत्सव स्थल छनौटका लागि समिति गठन गरिसकिएको छ । उवासंघको सभाहलमा शुक्रवार भएको कार्यक्रमको संचालन महासचिव ठाकुर विपौडेलले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने