कात्तिक १३, कावासोती | आव २०७०/७१ देखि नवलपरासीबाट करिब एक सय बालबालिका हराएका छन् । 

नवलपरासीको दलदलेमा जागृति बाल तथा युवा सरोकार केन्द्र नेपाल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १३, कावासोती | आव २०७०/७१ देखि नवलपरासीबाट करिब एक सय बालबालिका हराएका छन् । 

नवलपरासीको दलदलेमा जागृति बाल तथा युवा सरोकार केन्द्र नेपाल "/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीबाट १०० बालबालिका गायव !

१३ कार्तिक २०७३, शनिबार ०३:३८

कात्तिक १३, कावासोती | आव २०७०/७१ देखि नवलपरासीबाट करिब एक सय बालबालिका हराएका छन् । 

नवलपरासीको दलदलेमा जागृति बाल तथा युवा सरोकार केन्द्र नेपाल र दर्जनौँ सहयोगी संस्थाको सहकार्यमा भएको बालिका सम्मेलनमा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता विष्णुहरि कोइरालाले तीन वर्षमा बालबालिका र महिलाबारे प्रहरी समक्ष आएका घटनाका बारेमा सो जानकारी दिनुभएको हो । 

सो अनुसार आव २०७०/७१ मा २२ बालिका र पाँच बालक, २०७१/७२ मा २० बालिका र आठ बालक तथा आव २०७२/७३ मा २५ बालिका र १३ जना बालिका हराएका छन् । 

बाल अधिकारका क्षेत्रमा अग्रणी मानिएको नवलपरासीमा बालबालिकाको क्षेत्रमा थुप्रै समस्या देखापर्न थालेपछि बालिका सम्मेलन मार्फत त्यसलाई सम्बोधन गर्न खोजिएको युवा सरोकार केन्द्र नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभयो । 

बेचबिखन, बाल यौन हिंसा, बाल विवाह, बाल श्रम, छोरीका लागि शिक्षा कमी जस्ता कारणले यस्तो अवस्था आएको सरोकार भएकाहरुले बताएका छन् । 

महिला तथा बालबालिका कार्यालय नवलपरासीका प्रतिनिधि शान्ति केसीले संयन्त्र बलियो नहुँदा बालबालिकामाथि हुने जघन्य अपराध रोकिन नसकेको बताउनुभयो । कार्यक्रममा सांसद कृष्ण पौडेलले बालबालिकामाथि हुने हिंसाका घटनालाई संसद्मा समेत उठाएर सम्बोधन गर्न आफू लागिपर्ने बताउनुभयो ।

सम्मेलनले सत्ताइसबुँदे नवलपरासी घोषणपत्र जारी गरेको छ । बालिकामाथि हुने हिंसा रोक्ने, दोषीलाई कडा कारबाही गर्नुपर्ने, रजहर र कावासोती घटनाका दोषीलाई उमुक्ति दिन नहुने, पूर्ण रुपमा बालबालिकासँग सम्बन्धित कानुन कार्यान्वयन हुनुपर्ने र नवलपरासी जिल्लालाई बालमैत्री बनाउन सबै जना लाग्ने लगायत विषय घोषणापत्रमा छन् । सम्मेलनमा जिल्लाका एक सय ५० बालिकाको सहभागिता थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता