कात्तिक १३, कावासोती | आव २०७०/७१ देखि नवलपरासीबाट करिब एक सय बालबालिका हराएका छन् । 

नवलपरासीको दलदलेमा जागृति बाल तथा युवा सरोकार केन्द्र नेपाल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १३, कावासोती | आव २०७०/७१ देखि नवलपरासीबाट करिब एक सय बालबालिका हराएका छन् । 

नवलपरासीको दलदलेमा जागृति बाल तथा युवा सरोकार केन्द्र नेपाल "/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीबाट १०० बालबालिका गायव !

२०७३, १३ कार्तिक शनिबार ०३:३८

कात्तिक १३, कावासोती | आव २०७०/७१ देखि नवलपरासीबाट करिब एक सय बालबालिका हराएका छन् । 

नवलपरासीको दलदलेमा जागृति बाल तथा युवा सरोकार केन्द्र नेपाल र दर्जनौँ सहयोगी संस्थाको सहकार्यमा भएको बालिका सम्मेलनमा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता विष्णुहरि कोइरालाले तीन वर्षमा बालबालिका र महिलाबारे प्रहरी समक्ष आएका घटनाका बारेमा सो जानकारी दिनुभएको हो । 

सो अनुसार आव २०७०/७१ मा २२ बालिका र पाँच बालक, २०७१/७२ मा २० बालिका र आठ बालक तथा आव २०७२/७३ मा २५ बालिका र १३ जना बालिका हराएका छन् । 

बाल अधिकारका क्षेत्रमा अग्रणी मानिएको नवलपरासीमा बालबालिकाको क्षेत्रमा थुप्रै समस्या देखापर्न थालेपछि बालिका सम्मेलन मार्फत त्यसलाई सम्बोधन गर्न खोजिएको युवा सरोकार केन्द्र नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभयो । 

बेचबिखन, बाल यौन हिंसा, बाल विवाह, बाल श्रम, छोरीका लागि शिक्षा कमी जस्ता कारणले यस्तो अवस्था आएको सरोकार भएकाहरुले बताएका छन् । 

महिला तथा बालबालिका कार्यालय नवलपरासीका प्रतिनिधि शान्ति केसीले संयन्त्र बलियो नहुँदा बालबालिकामाथि हुने जघन्य अपराध रोकिन नसकेको बताउनुभयो । कार्यक्रममा सांसद कृष्ण पौडेलले बालबालिकामाथि हुने हिंसाका घटनालाई संसद्मा समेत उठाएर सम्बोधन गर्न आफू लागिपर्ने बताउनुभयो ।

सम्मेलनले सत्ताइसबुँदे नवलपरासी घोषणपत्र जारी गरेको छ । बालिकामाथि हुने हिंसा रोक्ने, दोषीलाई कडा कारबाही गर्नुपर्ने, रजहर र कावासोती घटनाका दोषीलाई उमुक्ति दिन नहुने, पूर्ण रुपमा बालबालिकासँग सम्बन्धित कानुन कार्यान्वयन हुनुपर्ने र नवलपरासी जिल्लालाई बालमैत्री बनाउन सबै जना लाग्ने लगायत विषय घोषणापत्रमा छन् । सम्मेलनमा जिल्लाका एक सय ५० बालिकाको सहभागिता थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी