०७३ असार यता विभिन्न मुद्दाका फरार १० अपराधी प्रहरी फन्दामा परे । अहिले कारागारमा सजाय काटिरहेका छन् । 
  • सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  ०७३ असार यता विभिन्न मुद्दाका फरार १० अपराधी प्रहरी फन्दामा परे । अहिले कारागारमा सजाय काटिरहेका छन् । 
  • सा"/>
    2026-09-19 12:42 AM
    ओखलढुङ्गा - OKL

    नागरिकको सेवा नै मेरो सन्तुष्टि : प्रहरी निरिक्षक साह

    पूर्णप्रसाद न्यौपाने,कार्तिक १३, ओखलढुंगा । 

    •  ०७३ असार यता विभिन्न मुद्दाका फरार १० अपराधी प्रहरी फन्दामा परे । अहिले कारागारमा सजाय काटिरहेका छन् । 
    • सार्वजनिक अपराध लगायतका मुद्दामा अनुसन्धान ढिलाइहुँदा प्रतिवादी ३५ दिनसम्म हिरासतमा वस्नु पर्ने बाध्यता छैन । १५ दिनसम्म अति गम्भीर बाहेक सबै मुद्दा अदालतमा बुझाइन्छ । 
    • गिरफ्तारी तथा घटनाको अनुसन्धानबारे संचारकर्मीहरुले स्रोतले बतायो भनेर समाचार लेख्नु पर्ने बाध्यता हटेको छ ।

    माथिका केही उदाहरण जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट हुने कार्य सम्पादनका विशेषता हुन् । विगतका तुलना गर्दा केही वर्ष यताका यी उदाहरणले प्रहरीको कार्य सम्पादनमा देखिएको सुधारका संकेत हुन् । प्रहरीको कामकारवाहीमा सुधार ल्याउन  खटिने इमान्दार प्रहरी अधिकृतमध्येका एक हुन्, प्रहरी निरीक्षक दिपककुमार साह । 
    एक वर्ष पहिले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा सरुवा भइ आएका साहको अगुवाइमा फरार अभियुक्त गिरफ्तारीको अभियान प्रभावकारी भएको छ । १० जना अहिले कारागारमा सजाय काटिरहेका छन् । 
    अनुसन्धान प्रभावकारी 
    विभिन्न अपराध गरी फरारहरुलाई समाउने काममा प्रहरी निरिक्षक साहको नेतृत्वमा खटेको टोली सफल देखिएको हो । जिल्ला प्रहरीमा यस अघिका प्रहरी नायव उपरिक्षक दिपेन्द्र साह र वर्तमान प्रमुख मिलन केशीको सकृयताभन्दा कम छैन उनको सक्रियता र कार्यसम्पादन । प्रहरीका अन्य काम भन्दा अपराध अनुसन्धानमा रुची राख्ने साह जिल्ला प्रहरी कार्यालयले दायर गर्ने अधिकांश मुद्दाका सफल अनुसन्धान अधिकृत पनि हुन् । आफुले गरेका अनुसन्धान र सजायको माग दावीमा अदातलले ‘रिजेक्ट’ गरेको अनुभव नभएको उनले बताए ।  
    लैगिंक हिंसा लगायतका विषयलाई सम्वेदनशील रुपमा हेरिनु पर्ने धारणा राख्ने साहसँग श्रीमतीबाट पीडित भएर उजुरी गर्न आएका पुरुषका उजुरी हेरेका पनि अनुभव छन् । धेरैजसो पुरुषबाट महिला पीडित हुने भए पनि बैदेशिक रोजगारी आदिका लागि विदेशिएका युवाहरुका श्रीमती कमाएको रकमसहित भाग्ने समस्याबाट पीडित भएका उजुरी प्रहरी बढ्न थालेको साह बताउँछन् । 
    सवल समन्वय
    सामान्यतः पत्रकार प्रहरी सम्बन्ध खटपटपूर्ण नै हुन्छ । सुचना प्राप्ती र सम्प्रेषणको विषयमा तर, प्रनि साह संचारकर्मी तथा सरोकारवालाहरुसँग सुचना आदान प्रदानमा सफल देखिएका छन् । पत्रकार शिव ढुंगानाको भनाईलाई आधार मान्ने हो भने उनले दिनु पर्ने सुचना सहजै दिने  र प्रहरीलाई चाहिने सुचनाका लागि स्रोत स्थापित गरेकाले सबैसँग समन्वयकारी भुमिका निभाएकाले संचारकर्मीहरुले जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका साहलाई संचारमैत्री सुचना अधिकारीको रुपमा लिएका छन् । 
    अपराध अनुसन्धानमा हिरासतमा याताना दिएका गुनासा आइरहने गरे पनि यस्ता गुनासा आउन छोडेकाले प्रहरी अव प्रविधी मैत्री अनुसन्धान पद्धति तर्फ अघि बढेको भन्न सकिने अवस्था छ । आफुले अनुसन्धान थालेका अपराधमा छिटो अनुसन्धान पुरा गर्ने साह गणितमा स्नातक हुन् । ओभरसियर पढ्न थापाथलि इन्ज्निियरिङ कलेज पढ्न गएका साह प्रहरी सेवा आकर्षित भए । 
    ०६९ सालमा प्रहरी सहायक निरिक्षक भएर प्रहरी सेवामा प्रवेश गरेका साह ०७० सालमा प्रहरी निरीक्षकमा पास गरि सेवालाई निरन्तरता दिए । नागरिकको सेवामा सन्तुष्टि पाइने धारणा राख्ने उनी यही गतिमा कार्यसम्पादनलाई निरन्तरता दिएमा २८ वर्षे युवा भविश्यमा नेपाल प्रहरीको मुख्य पदका दावेदार पनि हुन् ।
     निरन्तरता र इमान्दारिता
    नेपाल प्रहरीमा अब्बल अधिकृत ठहरिन दक्षतासँगै इमान्दारिता मुख्य आधार हुन्, अपवाद वाहेक । इमान्दारिता, अध्ययाशिलता र दक्षताले अनुसन्धानमा काविल ठहर्याउन योगदान गर्नेमा दुईमत छैन । ओखलढुंगामा आएका अधिकांश घटनाको छानविन सफल रुपमा सम्पन्न भए पनि अझै केही अनुसन्धानरत रहेका छन् । माम्खाको कर्तव्य ज्यान होस् वा फुलबारीको हत्या या आत्महत्या के हो भन्ने विवादित मुद्दा छानविन गर्न उनी जस्ता अधिकृतको सक्रियता आवश्यक छ । यी विषयमा उनी सफल ठहरिए उनको कार्य क्षमतामाथि प्रश्न उठ्ने ठाउँ रहदैन ।

    प्रतिक्रिया दिनुहोस्

    मुख्य समाचार
    मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई