कात्तिक १३, धुलिखेल । वैदिक सनातन हिन्दू धर्म अनुसार हवन गर्दा वातावरणीय अशुद्धतालाई हटाई वर्षा हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएपछि ५२ जापानी नागरिकले आजदेखि दुई दिने अन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक १३, धुलिखेल । वैदिक सनातन हिन्दू धर्म अनुसार हवन गर्दा वातावरणीय अशुद्धतालाई हटाई वर्षा हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएपछि ५२ जापानी नागरिकले आजदेखि दुई दिने अन"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

५२ जना जापानी नागरिकद्वारा सामूहिक यज्ञ सुरु

१३ कार्तिक २०७३, शनिबार १४:१०

कात्तिक १३, धुलिखेल । वैदिक सनातन हिन्दू धर्म अनुसार हवन गर्दा वातावरणीय अशुद्धतालाई हटाई वर्षा हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएपछि ५२ जापानी नागरिकले आजदेखि दुई दिने अनुष्ठान सुरु गराएका छन् । 

काभ्रेपलाञ्चोकको धुलिखेल लज रिसोर्टमा आजदेखि १३ नेपाली वैदिक पण्डित राखेर यज्ञ सुरु गरिएको हो । जापानको कोउची सहरबाट आउनुभएका जापानी धर्मगुरु आराधा आयातोसीसहितका ५२ जनाले आँखा चिम्लेर वैदिक रुद्राभिषेक चाखपूर्वक सुनेका थिए । 

विश्वमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आर्थिक उन्नति र दिगो शान्तिको सङ्कल्प लिएर हिँड्नुभएका धार्मिक गुरु आयातोसीले विश्वका धेरै देशमा त्यहाँको धर्म अनुसार अनुष्ठान गर्दै आउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको शान्ति दूतका रुपमा समेत काम गरिसक्नुभएका उहाँले सन् २००७ देखि नेपालमा अनुष्ठान सुरु गर्नुभएको हो । 

उद्देश्य प्राप्तिका लागि बर्सेनि एकपटक नेपालमा यज्ञ गराउन आउनु हुने आयातोसीलाई स्वामी गोपालबाबाले ‘जापानी गुरु मोन्जु सत्य’ उपाधि समेत दिनुभएको छ । कार्यक्रमको संयोजन गर्नुहुने नवीन डङ्गोल, पारु डङ्गोल राउत एवम् पण्डितद्वय शिवप्रसाद पोखरेल र हरिकृष्ण प्याकुरेललाई आयातोसीले दुई महिना अघि जापानस्थित आफ्नै घरमा बोलाएर दुई हप्ताको यज्ञ गराउनुभएको थियो । 

नेपाली पण्डितबाट यज्ञ गराएपछि आत्म शान्ति भई उद्देश्य प्राप्तिमा सहजता महसुस गरेको उहाँले बताउनुभयो । शुक्रबार बौद्ध लामा गुरुबाट बौद्धस्तुपमा पूजापाठ गराई शनिबार र आइतबार रुद्राभिषेक, महालक्ष्मीपूजा, धनदेश्वरी हवन र श्रीसुक्त पाठ एवम् जप गरिने कार्यक्रम रहेको पण्डित पोखरेलले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे