६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हरियो पासपोर्ट बोक्दा पूर्वप्रधानमन्त्रीनै अपमानित, सर्वसाधारणलाई के होला ?

१४ कार्तिक २०७३, आईतवार ०२:५४

कात्तिक १३, काठमाडौं | नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई सनिबार चीनमा अपमानित बने जसको कारण थियो हरियो पासपोर्ट ! सरकारले रातो पासपोर्ट दिएपनि उनले हरियो पासपोर्ट बोकेर चीन जाँदा आफु अपमानमा परेको बताएका छन् । 

हाल चीनको भ्रमणमा रहेका भट्टराईलाई ग्वान्जाउबाट हङकङसम्म रेलमा यात्रा गर्दा अपमान गरिएको भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार साँझ बताएका हुन् । भट्टराईले सामाजिक संजालमा भनेका छन् ‘ग्वान्जाऊबाट हङकङसम्म रेलमा यात्रा गर्दा महात्मा गान्धीको दक्षिण अफ्रिका यात्राको दु:खद सम्झना भयो । सामान्य यात्रीको रूपमा नेपाली पासपोर्टको विदेशमा कति अपमान हुँदोरहेछ, भन्ने प्रत्यक्ष अनुभूति भयो ।’ 

उनले नेपाल आर्थिक रुपमा पछि परेकै कारण नेपालीमाथि अपमान भएको ठोकुवा गर्दै भनेका छन्, ‘यस घटनाबाट आर्थिक रूपले समृद्ध नबनेसम्म नेपालीको सम्मान विदेशमा रहन्न र त्यसका निम्ति आर्थिक विकासलाई अर्जुनदृष्टि लगाएर नयाँ शक्ति अभियानमा अरू दृढतापूर्वक लाग्नुपर्छ भन्ने अठोट झन् बढेको छ ।

भट्टराई २१ औं शताब्दीको सामुन्द्रिक सिल्क रोड प्रदर्शनमा सहभागी बुधबार चीन पुगेका थिए । भट्टराईसँगै उनकी पत्नी हिसिला यमी पनि चीन भ्रमणमा सामेल छिन् । भट्टराईलाई १ घण्टा हङकङस्थित अध्यागमनले नियन्त्रणमा लिएको थियो । सरकारले रातो पासपोर्ट दिएपनि भट्टराई हरियो पासपोर्ट बोकेर त्यहाँ गएका थिए, हरियो पासपोर्ट देखेपछी हङकङ अध्यागमनका अधिकारीहरुले भट्टराई सहित तीनै जनालाई अर्को कोठातिर इशारा गर्‍यो । तर अध्यागमनका अधिकारीहरुले उनलाई पिपुल इन कस्टडी/पिपुल अण्डर इन्भेष्टिगेशनमा लगेर राखेपछि भट्टराईले आफु अपमानित भएको महशुस गरेको बताएका छन् ।

झन्डै एक घण्टा त्यहाँ बसेका भट्टराईलाई पछी अध्यागमनका अधिकारीहरुले सरी मात्र भनेको तर, के गल्ती भयो भन्दा केही नबोलेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने