९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गाउँपालिका नै बनाउन निसीखोलाका ४ गाविस सहमत

१४ कार्तिक २०७३, आईतवार ०४:११

कृष्ण कँडेल | कार्तिक १४, बुर्तिबाङ (बागलुङ) | 

बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ निसीखोलामा पर्ने ४ ओटा गाविसका राजनैतिक दलले यसअघि जिल्ला प्राविधिक समितिले प्रश्ताब गरेको निसीखोला गाउँपालिका नै उपयुक्त भएको निष्कर्ष निकालेका छन् । 

ईलाकालाई समेत आधार मानेर स्थानिय निकाय बनाउन सकिने मापदण्ड आएपछि स्थानिय निकाय गठनको अर्को बहस भईरहँदा आज देविस्थानमा भएको सर्वदलिय बैठक यस्तो निष्कर्षमा पुगेको हो । 

राजकुत, देविस्थान, बोहरागाउँ र निसीको जनसंख्या, भुगोल लगायत सम्पुर्ण मापदण्ड पुरा हुने भएकाले गाउँपालिका बनाउने निर्णय गरेको नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य कुविर विश्वकर्माले जानकारी दिनुभयो । उहाँले बुर्तिबाङमा बस्ने केहि टाँठाबाठाहरुले भन्दैमा  र कसैको नाम डेलिकेशन समितिमा राख्दैमा स्थानिय नागरिकलाई अपायक पर्ने गरि निसी तथा बोहरागाउँलाई अलपत्र परेर नगरपालिकामा जान नसकिने तर्क गर्नुभयो ।

“यसरी बन्ने गाउँपालिकाको केन्द्र पायक पर्ने गरि देविस्थानको कुनै ठाउँमा राख्न बोहरागाउँ र निसीका राजनैतिक दलपनि सहमत छन् ।”  माओवादी नेता विश्वकर्माले भन्नुभयो, “पुष्पलाल मध्यपाहाडीलोकमार्ग तथा सालझण्डी–ढोरपाटन सडकले पनि ४ ओटै गाविसलाई जोडेका छन्, हामी आफै गाउँपालिका बन्न योग्य छौँ, किन अन्यत्र जानुपर्यो ?”

यसअघि जिल्ला प्रविधिक समितिले निसीखोला गाउँपलिकाको केन्द्र बोहरागाउँ प्रश्ताब गरेपछि बुर्तिबाङ केन्द्र हुने स्थानिय निकाय नजिक पर्ने भन्दै गाउँ कार्यसमितिमा एकमतले निर्णय नै गरेको नेपाली काँग्रेशका क्षेत्रीय सदस्य भबेन्द्र कुँवरले देविस्थान केन्द्र भए निसी गाउँपलिका नै मान्ने बताउनुभयो । बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका स्थानिय नेताको सहभागीता रहेको थियो । 

निसीखोलाका गाविसको विषयमा नेपाली काँग्रशको क्षेत्रीय कार्यसमितिले ४ ओटै गाविसलाई बुर्तिबाङ केन्द्र हुने गरि प्रश्ताब गरिएको नगारपालिकामा राखेको छ । नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य चन्द्र अर्यालले पनि साधनस्रोत सम्पन्न बालियो नगरपालिका बनाउन चारओटै गाविसलाई बुर्तिबाङ केन्द्रमा ल्याउनुपर्ने बताउँदै आउनुभएको छ । 

एमालेका क्षेत्रीय संयोजक ज्ञानप्रसाद कँडेल र राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य गौरिश्वर पाण्डेले अरु गाविसको बारेमा बुर्तिबामा बसेर निर्णय गर्दा विवाद हुने भएकाले त्यसो गर्न नहुने भन्दै आउनुभएको छ । देविस्थानको वडा नम्बर–१, २ र ३ बुर्तिबाङको नजिक हुने भएकाले त्यहाँका अधिकांश नागरिकले बुर्तिबाङ केन्द्रमा जानुपर्ने मतराख्ने गरेको बताईन्छ । देविस्थानले बुर्तिबाङ पनि नजिक हुने भएकाले केन्द्र नपाए नगरपालिकामा जाने चेतावनी दिने गरेको छ । गाउँपालिकामा बस्न आफुलाई केन्द्र चाहिने उसको बार्गेनिङ हो । 

भुगोल तथा दुरीका हिसाबले पनि बोहरागाउँ र निसी गाविस निसीखोला गाउँपालिका बनाउन पुरै सहमत देखिन्छन् । बुर्तिबाङ केन्द्रमा आउनुपर्ने अवस्थामा नगरबासी हुन पाएपनि यि दुई गाविसलाई सेवा लिन समस्या हुने देखिन्छ । त्यसैले त्यहाँका स्थानिय निसीखोला गाउँपालिका बनाउनै पर्ने दवावमा छन् । गाउँपालिका, नगरपालिका तथा केन्द्र निर्धारणका बिकल्पहरुमा धेरै नाफ घाटा नहुने भएपछि रजकुत भने यि सवै रस्साकस्सीमा तटस्थ जस्तो देखिन्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता