११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चितवनमा मानसिक रोगी महिला बलात्कार गरेको आरोपमा ३ विद्यार्थी पक्राउ

१८ श्रावण २०८१, शुक्रबार ०७:२३

साउन १८, काठमाडौँ । चितवनको माडी नगरपालिकामा मानसिक समस्या भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन्।

पक्राउ परेका तीनैजना विद्यार्थी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। साउन १६ गते बुधबार राति माडी नगरपालिका-७ किर्तनपुरनजिकै २७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना विद्यार्थीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

२७ वर्षकी ती महिला मानसिक समस्यामा थिइन्। मानसिक रोगको नियमित औषधि खाइरहेकी उनलाई बुधबार राति १० बजेतिर १०/१५ जना युवकको समूहले जिक्याउने, तान्ने गरिरहेको एक प्रत्यक्षदर्शीले बताएको माडी नगरपालिका वडा नम्बर ७ की वडाध्यक्ष चन्द्रा कुमारी बानियाँले जानकारी दिइन्। 


उनको अनुसार सो स्थानको सीसीटीभी फुटेज हेर्दा ती महिलालाई युवकहरूले तानेजस्तो गर्ने, गफ गरेजस्तो गर्ने देखिएको प्रहरीले जनाएको छ।  सीसीटीभी फुटेजमा धेरै जना युवाको समूह देखिए पनि बलात्कार आरोपमा तीनजनालाई मात्र पक्राउ गरिएको वडाध्यक्ष बानियाँले बताइन्। 

वडाध्यक्ष बानियाँका अनुसार आरोपितमध्ये एक युवक सोही महिलाको घरनजिकै कोठा भाडामा लिएर बस्थे। रातको ८ बजेतिर कोठामा आएका उनलाई घरबेटीले च्यानल गेट खोलिदिएकी थिइन्। ती युवक तल्लो तलाको कोठामा बस्थे। गेट लगाएर भित्र बस्लान् भन्ने लागेपछि घरबेटी आफूहरू बस्ने माथिल्लो तलामा गइन्।

तर ती युवकले त्यसपछि आफ्ना साथीहरूसहित ती महिलालाई कोठामा ल्याएर सामूहिक बलात्कार गरेको आरोप लागेको हो। विवाहित ती महिलाको ८ वर्षका छोरा छन्। श्रीमान्‌सहित माइतीघरमा बस्ने गरेकी उनका पतिसमेत सुस्त मनस्थितीका रहेको बताइएको छ।

आरोपितहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध मुद्दा दर्ता भएर म्याद थप भई थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता, डीएसपी भेषराज रिजालले जानकारी दिए।

पक्राउ परेका विद्यार्थीहरू माडीको एक प्राविधिक शिक्षालयमा अध्ययनरत थिए। चितवनबाहिरका जिल्लाबाट पढ्न माडी आएर बसेका उनीहरूको उमेर १७, १८ र २१ वर्ष उमेरका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिरासतबाट रविको चेतावनी- राज्यले यसरी दुःख दिने हो भने नीलो क्रान्तिको रङ्ग बदल्नुपर्ने हुनसक्छ प्रधानमन्त्री ओलीसँग विप्लव र प्रकाण्डको भेटवार्ता लिलाबल्लभको बयान : म आफैँ पीडित हुँ, अपराधमा संलग्नलाई पक्राउ गर्न सहयोग गरेँ रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु विदेश पठाइ दिने बहानामा ठगी गर्ने तीनजना पक्राउ रिहा हुनासाथ पशुपतिनाथ मन्दीर पुगे पूर्वमन्त्री अधिकारी रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन नतिजा सार्वजनिक भएको सात वर्षपछि परीक्षा रद्द सर्वोच्च अदालतको बोर्डमा कालोमसी छर्किएकी बिनु यादव पक्राउ प्रदर्शनको तीन दिनमा कति कमायो फिल्म ‘तेल भिसा’ ले ? एनपीएलका लागि टिकट मूल्य सार्वजानिक, कुन दिनको कति पर्छ टिकटको मूल्य ? भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा आज मंगलबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? लाइन विस्तारका लागि काठमाडौंको यी स्थानमा आज बिजुली कटौती हुने रोनाल्डोको दुई गोलमा अल नासरको सानदार जित विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै यु-१९ एसिया कप खेल्ने नेपाली टिमलाई आज बिदाइ गरिदै रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै आज यी तीन प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना