११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

माइती जान हिँडेकी महिलालाई अटो चालकले अर्को बाटो लैजान खोज्दा गयाे ज्यान

१८ श्रावण २०८१, शुक्रबार ०९:२२

साउन १८, कैलाली । कैलालीको गेटा मेडिकल कलेज नजिकै सडकमा मृत फेला परेकी महिलाको चल्दै गरेको अटो रिक्साबाट हाम फाल्दा ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।

बुधबार मोहना पुल–अत्तरिया ६ लेन सडक खण्डमा मृत भेटिएकी महिलाबारे प्रहरीले दुई दिनसम्म छानबिन गरेको थियो । उनी धनगढी उपमहानगरपालिका–११ बरबट्टाकी ३५ वर्षीया कुमारी चौधरी भएको खुलेको प्रहरीले जनाएको छ ।

‘झोलामा भेटिएको पासपोर्ट साइजको फोटोमा फोटो स्टुडियोको छाप रहेछ । त्यसैका आधारमा उनको पहिचान गर्न सकिएको हो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम पदमबहादुर विष्टले भने, ‘अनुसन्धान गर्दै जाँदा माइती जान हिँडेकी रहिछन् । अटो चालकले गेटाबाट भित्री बाटोमा लैजान खोज्दा आत्तिएर हाम फालेकी रहेछिन् ।’


प्रहरीका अनुसार धनगढीको राजपुरको फ्लोर मिलबाट माइती घर कञ्चनपुर जान साँझ उनले करिब ५बजे सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४८५७ नम्बरको अटो रिक्सामा चढेकी थिइन् ।

मापसे गरेका रिक्सा चालक गोदावरी नगरपालिका–५ बस्ने ३६ वर्षीय जितबहादुर दमाईले तीव्र गतिको अटो आँखा अस्पतालतर्फको भित्री सडकमा लैजान खोजेका थिए ।

सोही क्रममा आत्तिएर चौधरीले हाम फालेकी थिइन् । उनलाई सडकमा अलपत्र अवस्थामा फेला पारेपछि प्रहरीले अस्पताल पु¥याएकोमा डाक्टरहरूले मृत घोषणा गरेका थिए ।

‘घटनाको केही समयपछि उनको उद्धार गरिएको थियो तर, टाउकोमा चोट लागेका कारण उनको मृत्यु भयो ’ प्रहरी उपरीक्षक विष्टले भने, ‘अटो चालक र अटोमा सवारलाई पक्राउ गरेका छौँ । थप अनुसन्धान हुँदै छ ।’

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ती महिलाले अटोबाट हाम फालेपछि फसिने डरले भागेको बयान उनीहरूले दिएको प्रहरीले जनाएको छ । अहिले पनि महिलाको शव आफन्तले बुझेका छैनन् । शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लिलाबल्लभको बयान : म आफैँ पीडित हुँ, अपराधमा संलग्नलाई पक्राउ गर्न सहयोग गरेँ रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु विदेश पठाइ दिने बहानामा ठगी गर्ने तीनजना पक्राउ रिहा हुनासाथ पशुपतिनाथ मन्दीर पुगे पूर्वमन्त्री अधिकारी रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन नतिजा सार्वजनिक भएको सात वर्षपछि परीक्षा रद्द सर्वोच्च अदालतको बोर्डमा कालोमसी छर्किएकी बिनु यादव पक्राउ प्रदर्शनको तीन दिनमा कति कमायो फिल्म ‘तेल भिसा’ ले ? एनपीएलका लागि टिकट मूल्य सार्वजानिक, कुन दिनको कति पर्छ टिकटको मूल्य ? भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा आज मंगलबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? लाइन विस्तारका लागि काठमाडौंको यी स्थानमा आज बिजुली कटौती हुने रोनाल्डोको दुई गोलमा अल नासरको सानदार जित विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै यु-१९ एसिया कप खेल्ने नेपाली टिमलाई आज बिदाइ गरिदै रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै आज यी तीन प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रवि लामिछानेलाई भोलि बिहान काठमाडौँ ल्याइने चौधरी गुप्रको मुल गेटमा स्थानीयद्वारा तालाबन्दी