२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रूकुम पश्चिममा गाडी दुर्घटना हुँदा च्यापिए चालक, उद्धार प्रयास जारी

२०८१, २१ श्रावण सोमबार ०७:०७

साउन २१, काठमाडौँ । रूकुम पश्चिममा गाडी दुर्घटना हुँदा च्यापिएका चालकको उद्धार प्रयास जारी छ। 

जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलका अनुसार रा १ च १३१७ नम्बरको गाडी दुर्घटनामा परेको हो। चालक मुसिकोट नगरपालिका-८ चोरखानीका १९ वर्षीय डम्मर खड्का उक्त गाडीमा च्यापिएका छन्।


मध्य पहाडी लोकमार्ग अन्तरगत रूकुम पश्चिमबाट रूकुम पूर्व तर्फ जाँदै गरेको उक्त पिकअप मुसिकोट–६ र ८ को सीमानामा पर्ने रिङदहमा उकालो चढ्न नसक्दा पल्टिएको हो। 

घटनास्थलमा रहेका जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार बिहान १०:५० बजेतिर दुर्घटना भएपछि चालक खड्का च्यापिएका छन्।

च्यापिएका खड्काले उद्धारका लागि हारगुहार गरिरहेको भएपनि गाडी हलचल गराउन सक्ने अवस्था नरहेको तथा भीरमा रहेको हुँदा चलाउँदा थप जोखिम हुन सक्ने अवस्थालाई मध्यनजर गरी जेसिबी बोलाइएको उनले बताए। 

‘घटनास्थल भीरमा छ र त्यो मानिसले हलचल गराउँदा झनै च्यापिएका चालकको ज्यान खतरामा पर्न सक्ने अवस्था छ,’ उनले भने, ‘हामीले जेसिबी बोलाएका छौं।’

जेसिबी पुगेपछि त्यसैले गाडीलाई माथि उचालेर पहिला चालकको उद्धार गर्ने योजना बनाइएको शाहीले बताए।

गाडी ब्याक हुनथालेपछि सहचालक त्रिबेणी गाउँपालिका–१० कोल्टीका १७ वर्षीय जयप्रकाश गौतम भने हाम फालेको हुँदा सकुशल रहेको प्रहरीले बताएको छ।

घटनाबारे सूचना पाए लगत्तै नजिकको प्रहरी पोष्टबाट प्रहरी निरीक्षक भिमबहादुर रावतको कमाण्डमा चार जना र जिप्रका रुकुम पश्चिमबाट शाहीको कमाण्डमा ७ जना प्रहरी खटाइएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते