२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

रोजगारीमा मलेशिया जाँदा लागत तिरेर गएका नेपालीहरूलाई लागत फिर्ता लिन ‘गुडइअर’ कम्पनीको सूचना

२०८१, २२ श्रावण मंगलवार ०४:५९

साउन २२, काठमाडौँ । साउन २२, काठमाडौँ । मलेशिया स्थित प्रतिष्ठित 'गुड इअर' टायर कम्पनीले मलेसियामा आफ्नो कम्पनीमा काम गरि फर्किएका नेपाली कामदारहरुलाई मलेसिया जाँदा लागेको भर्ना लागत रकम फिर्ता गर्ने सम्बन्धमा सूचना जारी गरेको छ । मलेसियको Goodyear Malaysia Berhad (GMB)  कम्पनीसँग जोडिएका पूर्व श्रमिकहरुले भर्ति शुल्क फिर्ता आबेदन दिनको को लागि सूचनाले आह्वान गरेको हो । सूचनामार्फत जानकारी दिँदै उक्त कम्पनिले पूर्व कामदारहरुले तिरेको भर्ति शुल्क पूर्व कामदारहरु लाई फिर्ता गर्ने कार्यक्रम चलाइएको जनाएको छ ।

जारी सूचना: 


जारी सूचना अनुसार भनिएको छ 'GMB सँग अघिल्लो रोजगार सुरक्षित गर्नको लागि तपाइले तेश्रो पक्षलाई तिरेका कुनैपनि भर्ति शुल्कहरुको फिर्ता प्राप्त गर्न आवेदन दिनुहोस् । सूचना अनुसार आवेदन दिने मिति आगामी ३१ जनवरी २०२५ सम्म तोकिएको छ । भर्ति शुल्क फिर्ता पाउनको लागि नेपाली नागरिक हुनुपर्ने, पहिले GMB (गुड एअर मलेशिया बर्हाड) मा काम गरेको हुनुपर्ने, साथै उक्त कम्पनीमा जाँदा भर्ति शुल्क तिरेको र यस अघि भर्तिशुल्क बापतको रकम फिर्ता नपायको हुनुपर्ने छ । 

मलेसिया स्थित 'गुड इअर' एउटा स्थापित टायर उत्पादक कम्पनी हो । कम्पनीले आफूहरुले आफ्नो कम्पनीमा जाने कामदारहरुको पक्षमा जिम्मेवार र नैतिक भर्ना प्रक्रिया कार्यान्वयन होस् भन्ने सुनिश्चित गर्न यस्तो सूचना जारी गरेको हो । 

फिर्ता आवेदन तथा थप जानकारीको लागि नेपाली युवाहरुले +९७७-९७०४२९९५१६ मा सिधा फोन गर्न वा इमेल [email protected] मा सम्पर्क गरेर आवश्यक जानकारी तथा सहयोग लिन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो