२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

चुनढुङ्गा खानी ब्यवस्थापनको माग गर्दै आन्दोलन

२ बैशाख २०७३, बिहीबार १५:०२

बैशाख २, हेटौडा ।
हेटौडाको हटिायामा रहेको शिबम सिमेन्ट उद्योगले सुकौरामा चुनढुंङगा खानी अत्यन्त अब्यबबस्थीत ढंगले
संचालन गरेपछी यसको ब्याबस्थापनको लागि स्थानियले माग राखेका छन् । खानीबाट उत्पादीत ओभरबटम ब्याबस्थापन
गर्नका लागि माग गर्दै उनिहरु अनिस्चीत कालिन आन्दोलनमा उत्रिएका हुन् ।

ब्याबस्थापीका संसद्को
उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको उद्योग उपसमितिका प्राबिधीकहरुले छ महिना अगाढी
जथाभाबि रुपमा खानी संचालन गर्दा त्हाँका ४० हजार परिवार जोखिममा परेको भन्दै ब्यबस्थित गर्न निर्देशन
दिएपनि त्यसको अटेर गर्दै शिबमले खानी संचालन गरेर खानी संचालन गरेको भन्दै आन्दोलनमा उत्रिएको स्थानिय
बस्ति संरक्षण समितिका संयोजक टिका दाहालले बताउनुभयो ।

बषौअगाढी देखिका समस्याहरु समाधान
गर्नुको सट्टामा स्थानिय वासिन्दाहरुका मागहरुलाइृ बेवास्ता गरेपछी आफुहरु आन्दोलनमा उत्रिउको स्थानिय
वासिन्दाहरुको भनाइृ रहेको छ । शिबमको खानीका कारण मकवानपुरको सुकौरा, गढी, आमभन्ज्याङ र बुढीचौर
गाबिसका हजारौ परिवार खानीको जोखिममा परेर बर्षायाममा भाग्नुपर्ने बाध्यता भएपछी फेरी आन्दोलनमा
उत्रिएका हुन् । संसदिय उपसमितिले दिएको निर्देशन कार्यनयन गर्नका लागि यसअघिका उद्योग मन्त्री र
अहिलेका मन्त्रीलाई जानकारी गराईसकिएको तर कार्यनयमा भने ध्यान नदिएको उपसमितिका संयोजक सुभाषचन्द्र
ठकुरीले बताउनुभयो ।

कार्यनयनमा ध्यान नदिदा त्यहाँका स्थानिय वासिन्दाहरुले समस्या भोग्दै आएको
र कार्यनयनका लागि दबाब दिने तयारी भएको उहाँले बताउनुभयो । स्थानिय वासिन्दाहरुले शिबम सिमेन्ट
उद्योगको सुकौरामा रहेको खानीबाट उत्पादीत ओभरबटम ब्यबस्थीत गर्नुपर्ने, यी तीन गाबिसका प्रभाबित
क्षेत्रमा तारजाली र सिमेन्टको ड्याम हाल्नुपर्ने, प्रभाबित क्षेत्रको दिर्घकालिन रोकथामका बिषयमा
आबस्यक काम गर्नुपर्ने लगायतका मागहरु राखेर आन्दोलमा उत्रिएको संयोजक दाहालले बताउनुभयो

दर्जनौ एक्साभेटरले प्रभाबित क्षेत्रमा जथाभाबि रुपमा खन्दा त्यहाँको ओभरबटमले गर्दा तलका
बस्ती, बिभीन्न संघसंस्था, घर, खेत, बारी प्रभाबित पारेको भन्दै उनिहरु अनिस्चित कालिन आन्दोलनमा
उत्रिएका हुन् । अब पनि आफ्ना मागहरु सुनुवाई नभएमा शिबमको खानीमै गएर बन्द गर्ने स्थानिय वासिन्दाहरुले
चेतावनी दिएका छन् ।

खानी संचालन गर्दा चार गाबिसका बस्ति जोखिममा परेको भन्दै स्थानिय
वासिन्दाहरुले फेरी आन्दोलन सुरु गरेका छन् । जथाभाबि रुपमा दर्जनौ एक्साभेटरले खानी खन्दा तलका चार
गाबिसका बस्तिका वासिन्दाहरु बाढी र पहिरोको जोखिममा परेको भन्दै स्थानिय वासिन्दाहरुले तीन दिन देखि
आन्दोलन सुरु गरेका छन् । शिबम सिमेन्ट उद्योगले सुकौरा खानीबाट ल्याउने गरेको चुनढुंगा ओसार पसार गर्ने
काममा रोक लगाउँदै स्थानिय वासिन्दाहरुले सडकमै अबरोध सृजना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली