2026-09-07 09:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बङ्गलादेशमा शेख हसिनाको पार्टीका २० नेताको शव भेटियो

साउन २३, काठमाडौँ । बङ्गलादेशमा भड्किएको हिंसा मत्थर हुने सङ्केत छैन । देशभरमा विद्यार्थी आन्दोलनले उग्र रूप लिएपछि दैनिक रूपमा मर्नेको सङ्ख्या बढ्दो छ । यसैबिच पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका २० जना नेताको शव फेला परेको छ । 

प्रदर्शनकारीहरूले नेतालाई मार्दा तिनका परिवारका सदस्यहरूको पनि मृत्यु भएको बताइएको छ । प्रधानमन्त्रीले राजीनामा दिएर भारत भागेपछि प्रदर्शनकारीहरूले आफ्नो क्रोध पार्टीका नेता कार्यकर्तामाथि खन्याइरहेका छन् । पार्टीका कयौँ नेता र कार्यकर्ताको घर अनि व्यापारिक सङ्गठनमा तोडफोड र लुटपाटी जारी छ ।

प्रदर्शनकारीहरूले बङ्गलादेशका चर्चित गायक राहुल आनन्दको घरमा आगजनी गरेका छन् । ढाकाको धानमंडीमा रहेको गायकको १४० वर्ष पुरानो घर जलाइएको हो । जलाउनु अघि प्रदर्शनकारीहरूले घरमा लुटपाट गरेका थिए । सत्ता पल्टिएपछि बङ्गलादेशमा हिन्दु अल्पसङ्ख्यकमाथि हिंसा भइरहेको छ । देशको २७ जिल्लामा हिन्दु र हिन्दु मन्दिरमा हमला भएको खबरहरू आइरहेका छन् ।

देश छाडेर भागिरहेछन् हसिनाका मन्त्रीहरू

हसिनाले राजीनामा दिएर विदेश भागेपछि उनका मन्त्रीहरूमा एक खालको त्रास देखिएको छ । पूर्व विदेश मन्त्री हसन महमूद ढाका विमानस्थलबाट पक्राउ परेका छन् । उनी भारत आउन फ्लाइटका लागि विमानस्थल गएका थिए । 

पछिल्लो स्थितिमा हसिनाको अवामी लिग पार्टीका कयौँ शीर्ष नेता र पूर्व क्याबिनेट मन्त्रीले देश छाडेर हिँडिसकेका छन् । आवामी लिगका महासचिव र सडक  परिवहन मन्त्री अब्दुल क्वादर आइतबारै देश छाडेर विदेश पलायन भएका थिए । हसिनाले राजीनामा दिनु अघि नै उनको सरकारमा मन्त्री रहेका अनिसुल हक देश छाडेर अज्ञात स्थलतिर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित