प्रभात सुवेदी । कार्तिक १४, बर्दिया ।

दीपावलीको शुभकामना आदानप्रदान तथा पूर्व विद्यार्थीहरुको भेलाले जनसेवा माध्यमिक विद्यालय बैदीको पूर्व विद्यार्थी समाजको तदर्थ समितिको अध्यक्षमा महेन्द्र विष्टलाई सर्वसम्मतबाट चयन गरिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । कार्तिक १४, बर्दिया ।

दीपावलीको शुभकामना आदानप्रदान तथा पूर्व विद्यार्थीहरुको भेलाले जनसेवा माध्यमिक विद्यालय बैदीको पूर्व विद्यार्थी समाजको तदर्थ समितिको अध्यक्षमा महेन्द्र विष्टलाई सर्वसम्मतबाट चयन गरिए"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

पूर्व विद्यार्थी समाजको अध्यक्षमा महेन्द्र विष्ट

१४ कार्तिक २०७३, आईतवार १५:२६

प्रभात सुवेदी । कार्तिक १४, बर्दिया ।

दीपावलीको शुभकामना आदानप्रदान तथा पूर्व विद्यार्थीहरुको भेलाले जनसेवा माध्यमिक विद्यालय बैदीको पूर्व विद्यार्थी समाजको तदर्थ समितिको अध्यक्षमा महेन्द्र विष्टलाई सर्वसम्मतबाट चयन गरिएको छ । 

जनसेवा पूर्व विद्यार्थी समाजद्वारा आज बैदीमा आयोजना गरिएको तिहार बिशेष शुभकामना आदानप्रदान कार्यक्रममा नै तदर्थ समितिको चयन गरिएको बताइएको छ ।


बबई सिचाई आयोजनाका पूर्व अध्यक्ष एवम् समाजका अग्रज व्यक्तित्व दयाराम खड़काको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, पूर्व शिक्षक कर्मचारीहरु, धधवार गाविसका पूर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

जनसेवा माध्यमिक विद्यालयमा अध्ययन गरी नेपाल सरकारको सम्मानित पदमा नाम निकाल्न सफल विद्यार्थीहरुले जनसेवा स्कूल पढ़दाको अनुभव र त्यसपछि प्राप्त गरको सफलताको अनुभव प्रस्तुत गर्नुका साथै हालै लोक सेवाबाट शाखा अधिकृतमा नाम निकाल्नु भएका नारायण ढकाल, हेल्थ असिस्टेन्टमा नाम निकाल्न सफल विश्वास वली लगायतले आफ्नो सफलताको श्रेय जनसेवा विद्यालय नै रहेको बताउनुभएको थियो । 

कार्यक्रममा जनसेवा विद्यालयमा लामो समय देखी कार्यरत बुद्धिराम चौधरीलाई वहाँको अनवरत सेवाको उच्च कदर गर्दै सम्मान गरिएको थियो । 


नवनिर्वाचित अध्यक्ष मेहन्द्र विष्टले आफुलाई यसरी योग्य सम्झी महत्वपूर्ण जिम्मेवारी दिएकोमा सबैप्रति आभार प्रकट गर्नुहुँदै आगामी दिनमा समाजको हित र साख अभिवृद्धिका लागि अहोरात्र खटिएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुहुँदै यसका लागि समतिका सबै सहयात्रीहरुको सहयोग र अग्रजहरुको मार्गदर्शनको आवश्यकता रहेको कुरा बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान