प्रभात सुवेदी । कार्तिक १४, बर्दिया ।

दीपावलीको शुभकामना आदानप्रदान तथा पूर्व विद्यार्थीहरुको भेलाले जनसेवा माध्यमिक विद्यालय बैदीको पूर्व विद्यार्थी समाजको तदर्थ समितिको अध्यक्षमा महेन्द्र विष्टलाई सर्वसम्मतबाट चयन गरिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । कार्तिक १४, बर्दिया ।

दीपावलीको शुभकामना आदानप्रदान तथा पूर्व विद्यार्थीहरुको भेलाले जनसेवा माध्यमिक विद्यालय बैदीको पूर्व विद्यार्थी समाजको तदर्थ समितिको अध्यक्षमा महेन्द्र विष्टलाई सर्वसम्मतबाट चयन गरिए"/>

2026-09-18 08:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

पूर्व विद्यार्थी समाजको अध्यक्षमा महेन्द्र विष्ट

प्रभात सुवेदी । कार्तिक १४, बर्दिया ।

दीपावलीको शुभकामना आदानप्रदान तथा पूर्व विद्यार्थीहरुको भेलाले जनसेवा माध्यमिक विद्यालय बैदीको पूर्व विद्यार्थी समाजको तदर्थ समितिको अध्यक्षमा महेन्द्र विष्टलाई सर्वसम्मतबाट चयन गरिएको छ । 

जनसेवा पूर्व विद्यार्थी समाजद्वारा आज बैदीमा आयोजना गरिएको तिहार बिशेष शुभकामना आदानप्रदान कार्यक्रममा नै तदर्थ समितिको चयन गरिएको बताइएको छ ।


बबई सिचाई आयोजनाका पूर्व अध्यक्ष एवम् समाजका अग्रज व्यक्तित्व दयाराम खड़काको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, पूर्व शिक्षक कर्मचारीहरु, धधवार गाविसका पूर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

जनसेवा माध्यमिक विद्यालयमा अध्ययन गरी नेपाल सरकारको सम्मानित पदमा नाम निकाल्न सफल विद्यार्थीहरुले जनसेवा स्कूल पढ़दाको अनुभव र त्यसपछि प्राप्त गरको सफलताको अनुभव प्रस्तुत गर्नुका साथै हालै लोक सेवाबाट शाखा अधिकृतमा नाम निकाल्नु भएका नारायण ढकाल, हेल्थ असिस्टेन्टमा नाम निकाल्न सफल विश्वास वली लगायतले आफ्नो सफलताको श्रेय जनसेवा विद्यालय नै रहेको बताउनुभएको थियो । 

कार्यक्रममा जनसेवा विद्यालयमा लामो समय देखी कार्यरत बुद्धिराम चौधरीलाई वहाँको अनवरत सेवाको उच्च कदर गर्दै सम्मान गरिएको थियो । 


नवनिर्वाचित अध्यक्ष मेहन्द्र विष्टले आफुलाई यसरी योग्य सम्झी महत्वपूर्ण जिम्मेवारी दिएकोमा सबैप्रति आभार प्रकट गर्नुहुँदै आगामी दिनमा समाजको हित र साख अभिवृद्धिका लागि अहोरात्र खटिएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुहुँदै यसका लागि समतिका सबै सहयात्रीहरुको सहयोग र अग्रजहरुको मार्गदर्शनको आवश्यकता रहेको कुरा बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई