साउन २३, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्भेक्षक संजिव कुमार यादव र आर.बि. लेखापढी सेन्टरका संचालक राम बाबु भुजेलविरुद्ध मुद्धा दायर गरेको छ ।
अख्तियारले सर्भेक्षक यादव र लेखापढी सेन्टरका संचालक भुजेललाई सेवाग्राहीबाट चार लाख घुससहित पक्राउ गरेर नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा नापी कार्यालय ललितपुरका सर्भेक्षक यादव, भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरका खरिदार मोतिराम सुवेदी र लेखापढी सेन्टरका संचालक भुजेलसमेतको मिलोमतोमा जग्गा हालसाविक गर्न गराउनको चार लाख घुस लिइएको देखिएपछि अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको जनाएको छ ।