2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

न्युयोर्ककि साहित्यकार ज्ञवालीको कविता संग्रह ‘तिमी र म’ विमोचन

विजय थापा (अमेरिका) | विश्व कै सम्राट राज्य न्युयोर्कमा बस्दै आएकी साहित्यकार ,गायिका तथा कवियत्री शकुन ज्ञवालीको कविता संग्रह ‘तिमी र म’ को बिमोचन संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति प्राज्ञ सरुभत्तले एक समारोहको विच पोखरामा गरेका छन् ।

नेपालमा पुगेको दिन देखि ज्ञवालीलाई अहिले भ्याई नभ्याई भएको छ l संचार माध्यममा  जताततै छाएकी छिन् l उक्त विमोचन कार्यक्रममा वोल्दै प्राज्ञ सरुभत्तले ज्ञवालीले परदेशमा रहेता पनि नेपाली साहीत्यको विकासमा खेलेको भुमिकाको प्रशंशा गरेका थिए । 

साहित्य सृजनाको लागी सर्जकहरु विदेशी भुमीमा रहेता पनि साहित्य सृजना कहिले नरोकीने सरुभक्तले बताए  l उनले मन्तब्य कै क्रममा ज्ञवाली बाट उत्कृष्ट कृतिहरुको आफुले अपेक्षा गरेको र ज्ञवालीको कविता संग्रह ‘तिमी र म’ एउटा उत्कृष्ट कृति रहेको वताए । 

सप्तरङ्गी सास्कृतीक प्रतिष्ठानको आयोजनामा भएको उक्त विमोचन कार्यक्रममा विशेष अतिथि भुमि सुधार मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा रहेका थिए ।

सप्त समालोचक जगनाथ रेग्मीले कृति माथि समिक्षा गर्दै शकुन ज्ञवालीको कविता सग्रह ‘तिमी र म’ मार्फत आफ्ना भावहरु अभिव्यक्त गर्न सक्षम रहेकी र प्रबासी सम्पुर्ण नेपालीहरुको भावना वोलेको सुख दुःख वोलेको वताउदै समालोचक रेग्मीले यस कृति मार्फत शकुन ज्ञवालीले आफुलाई सशक्त कविको रुपमा उभियाकी वताए । 

कवियत्री शकुन ज्ञवालीले आफुलाई साहीत्य श्रीजनामा लाग्न प्रेरणा दिने पोखरालाई कहिलै भुल्न नसक्ने वताउदै प्रबासमा बसे पनि सिर्जना ले गर्दा देशमा यति माया र सम्मान पाईदो रहेछ भनि हर्ष व्यक्त गरिन l 

सगुनले मन्तब्य कै क्रममा आफ्ना हरेक सृजनामा साथ दिने पति विमल सापकोटा, कार्यक्रमको तारतम्य मिलाईदिने बुवाआमा ,सासु ससुरा प्रति आफु नतमस्तक रहेको वताउदै कविता संग्रह ‘तिमी र म’ एक पटक पढ्न पाठकलाई आग्रह गर्दै प्रतिक्रिया मागिन l 

विमोचन कार्यक्रममा अलिमिया लोक वाङ्गमय प्रतिष्ठानका अध्यक्ष हनिफ मिया, अनेसास गण्डकीका अध्यक्ष दुर्गाबहादु शाह ‘बाबा’ स्वतन्त्र पत्रकार महासघका केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद वास्तोला, लगाएतले कृति माथि बोल्दै शुभकामना दिएका थिए l कविता संग्रह ‘तिमी र म’ मा विभिन्न ६२ वटा कविता सग्रह समावेश गरीएको छ । कार्यक्रममा सप्तरङ्गी सास्कृतीक प्रतिष्ठानले कविता संग्रह ‘तिमी र म’ की लेखीका कवियत्री शकुन ज्ञवालीलार्इ सम्मान समेत गरेका थियो । 

लेखिका को पुरा नाम शकुन्तला ज्ञवाली भएता पनि साहित्यिक नाम शकुन ज्ञवाली रहेको छ । ग्वाँदी गुल्मीमा जन्मेकी ज्ञवाली हाल अमेरिकाको न्युयोर्कमा वसोवास गरीरहेकी छन् । अन्तर्रासष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क शाखाकी महासचिव रहेकी उनी थुप्रै साहीत्यकि सघं सस्थाहरुमा आवद्द रहेकी छन् । उनको यो कृति अगाडी पालुवा र मन्जरी (कविता सग्रह) लोक दोहोरी गीत, तीज गीत, लगाएत एक दर्जन एल्वमहरु प्रकाशित भइसकेका छन् । उनको बादलभित्र जून लुक्दा (गजल सग्रह) आफ्नै सेरोफेरो (गीति सग्रह) प्रकाशोन्मुख कृतिहरु रहेका छन् ।

सकुनले पोखरेलीहरुले निकै सम्मान गरेकोमा खुशी व्यक्त गर्दै प्राज्ञ सरुभक्त बाट सम्मान पत्र थाप्नु आफ्नो लागि निकै उत्प्रेरणा मुलक भएको बताईन l सप्तरङ्गी सास्कृतीक प्रतिष्ठानका अध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको उक्त विमोचन कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष पदमराज ढकालले स्वागत मन्तव्य तथा कार्यक्रम सन्चालन प्रतिष्ठानका सचिव अभिमन्यु विक्रम राणाले गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई