२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नागरिकता लिनेभन्दा राहदानी लिने बढी

२०८१, २४ श्रावण बिहीबार १०:५०

साउन २४, तनहुँ । तनहुँ जिल्लामा एक वर्षको अवधिमा नागरिकताभन्दा बढी राहदानी वितरण भएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार सात सय ७७ राहदानी वितरण गरेको छ । 

राहदानी लिनेमध्ये छ हजार सात सय ३४ महिला र नौ हजार ५३ पुरुष रहेका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए । उनका अनुसार सोही अवधिमा १६ हजार सात सय ४३ राहदानी सिफारिस गरिएको छ । 

कार्यालयले एक वर्षको अवधिमा आठ हजार नौ सय ५५ नागरिकता वितरण गरेको छ । तीमध्ये वंशजको आधारमा आठ हजार नौ सय ४६ र वैवाहिक अंगीकृतको आधारमा नौजनालाई नागरिकता वितरण गरिएको छ । नागरिकता प्राप्त गर्नेमध्ये चार हजार सात सय २८ महिला र चार हजार दुई सय २६ पुरुष छन् । 


यसैगरी, सात हजार छ सय ६१ जनालाई नागरिकताको प्रतिलिपि र ४३ जनालाई गैरआवासीय नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ । साथै सोही अवधिमा नौ महिला र १९ पुरुष गरी २८ जनाको नागरिकता रद्द गरिएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए । 

वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये गण्डकी प्रदेशमा तनहुँ उच्च भएकाले पनि नागरिकताभन्दा बढी राहदानी वितरण भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । 

उनका अनुसार कार्यालयबाट पाँच सय १५ जनालाई नाबालक परिचयपत्र, १४ जनालाई प्रतिलिपि वितरण गरिएको छ । २५ हजार दुई सय २७ जनाको राष्ट्रिय परिचयपत्र नयाँ दर्ता गरिएको छ भने एक हजार १४ परिचयपत्र वितरण गरिएको कार्यालयले जनाएको छ । 

आठ सय ४५ लाई जनजाति प्रमाणित, चार सय १८ लाई दलित प्रमाणित, एक सयलाई विपन्न खस आर्य प्रमाणित, ३८ लाई मुस्लिम प्रमाणित गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए । उनका अनुसार एक सय ५८ जनाको तिब्बतीयन शरणार्थी परिचयपत्र नवीकरण गरिएको छ भने १२ जनालाई यात्रा अनुमतिपत्र सिफारिस गरिएको छ । 

सोही अवधिमा कार्यालयमा एक सय ४५ मुद्दा दर्ता भएकामा ७९ फर्छ्याेट भएका छन् । संस्था दर्तातर्फ २५ नयाँ, छ सय ८७ नवीकरण, हातहतियारतर्फ तीन नवीकरण र एक नामसारी भएका छन् । 

कार्यालयले संस्था दर्ताबाट १० लाख ३० हजार छ सय १०, हातहतियारबाट छ लाख एक हजार एक सय २५, राहदानी दस्तुरबाट आठ करोड ४६ लाख ५३ हजार पाँच सय, न्यायिक दण्ड जरिवानाबाट ११ लाख ५० हजार छ सय ३८, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट दुई लाख २३ हजार राजस्व संकलन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते