२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बंगलादेशमा हसिनालाई सत्ताच्युत गरेर ‘मन्त्री’ बनेका २ विद्यार्थी बारेमा जान्नुहोस् !!!

२०८१, २५ श्रावण शुक्रबार ०८:०७

साउन २५, ढाका । बंगलादेशमा अन्तरिम सरकार  गठन भएको छ। 

बिहीबार राति नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । उनको टोलीका दुई विद्यार्थी नेतासहित १७ सदस्यले सपथ लिएका छन् । एम नाहिद इस्लाम र आसिफ महमूद साजिब भुइया विद्यार्थी आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्ने नाम हुन् ।

 उनीहरु दुवैलाई त्यहाँ भएको ‘कु’को मुख्य अनुहार मानिन्छ। दुवै अहिले नयाँ सरकारमा सहभागी भएका छन् । मोहम्मद युनुस सेना समर्थित सरकारको सल्लाहकार बने पनि त्यहाँ प्रधानमन्त्री भने निर्वाचित भएका छैनन् । तर उनको हैसियत प्रधानमन्त्रीको जस्तै छ । जबकि उनको सल्लाहकार परिषदमा परेका सदस्य मन्त्रीको हैसियतमा रहने छन् ।


आउनुहोस, जानौं मन्त्री भएका दुई बिधार्थी नेताका बारेमा, 

को हुन् नाहिद इस्लाम ?

नाहिद इस्लाम धेरै दिनदेखि बंगलादेशमा आरक्षण विरुद्ध चलिरहेको विद्यार्थी आन्दोलनको मुख्य अनुहार हुन्। नाहिद एक बंगलादेशी विद्यार्थी कार्यकर्ता हुन्, उनी बंगलादेश कोटा सुधार आन्दोलनका प्रमुख नेताहरू मध्ये एक थिए। विद्यार्थीको यो आन्दोलन पछि असहयोग आन्दोलनमा परिणत भयो । यो आन्दोलन शेख हसिना सरकारको पतनको कारण बन्न पुग्यो । विद्यार्थी नेता नाहिदकै कारण आन्दोलन यति हिंसात्मक बनेको थियो भने शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । नाहिद पनि मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न मनाउने व्यक्ति हुन्।

नाहिद इस्लामको जन्म सन् १९९८ मा ढाकामा भएको थियो । उनी ढाका विश्वविद्यालयबाट २०१- १७ ब्याचका समाजशास्त्रका विद्यार्थी हुन्। उनी मानवअधिकारकर्मी तथा विद्यार्थी संगठन ‘विभेद विरुद्ध विद्यार्थी’का संयोजक पनि हुन् । उनका बुबा शिक्षक र आमा गृहिणी हुन्। नाहिद विवाहित र एक कान्छो भाइ छन्।

को हुन् आसिफ महमूद ?

बंगलादेशको अन्तरिम सरकारका सदस्य आसिफ महमूद विद्यार्थी आन्दोलनको अर्को ठूलो अनुहार हुन  । आसिफ भेदभाव विरोधी विद्यार्थी आन्दोलनका मुख्य संयोजक हुन् । कुमिल्लाका आसिफ ढाका विश्वविद्यालयको २०१७(१८ ब्याचका भाषा अध्ययनका विद्यार्थी हुन्। उनी जून महिनामा आरक्षण विरुद्धको राष्ट्रव्यापी विद्यार्थी आन्दोलनमा सामेल भए। आसिफ महमूद जम्मा २६ वर्षका छन् ।

आसिफ महमूदले नख्खलपारा हुसेन अली हाई स्कूलबाट पढेका थिए । र, २०१५ मा एसएससी पास गरेका थिए। उनले सन् २०१७ मा आदमजी क्यान्टोन्मेन्ट कलेजबाट एचएससी पास गरेका थिए । आसिफ कलेजको बीएनसीसी प्लाटुनका पूर्व क्याडेट सर्जेन्ट थिए। उनी ढाका विश्वविद्यालयको विद्यार्थी अधिकार परिषद्का अध्यक्ष पनि थिए।

यी हुन बंगलादेशको अन्तरिम सरकारका १७ सदस्य

१. डा. मोहम्मद युनुस

२. डा सलेहुद्दीन अहमद

३. ब्रिगेडियर जनरल (सेवानिवृत्त) एम सखावत हुसेन

४ डा. एमडी नजरुल इस्लाम (आसिफ नजरुल)

५. आदिलुर रहमान खान

६. एएफ हसन आरिफ

७. मोहम्मद तौहिद हुसेन

८. सैयदा रिजवाना हसन

९. सुप्रदीप चकमा

१०. फरिदा अख्तर

११. विधान रञ्जन राई

१२. शर्मीन मुर्शिद

१३. एएफएम खालिद हुसेन

१४. फारुक ए आजम

१५. नूरजहाँ बेगम

१६. नाहिद इस्लाम

१७. आसिफ महमूद

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य