साउन २५, काठमाडौं | अमेरिका पठाउने भन्दै ५४ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा अर्घाखाँची पाणिनी गाउँपालिका–७ दुविचौरकी २१ वर्षीय लक्ष्मी माझी छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको तारकेश्वरबाट बिहीबार पक्राउ गरेको हो ।
उनले अमेरिका पठाइदिने र मासिक २ लाख आम्दानी हुने भन्दै ५४ लाख ७ हजार ८७० रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेकी माझीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।