2026-09-06 08:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

कोलकत्तामा एक डाक्टरको बलात्कार पछि हत्या, आरोपी पक्राउ

साउन २७, कोलकत्ता । कोलकाताको एक सरकारी अस्पतालका ट्रेनी डाक्टरलाइ बलात्कार गरेर हत्या गरिएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार राधा गोविन्द कार मेडिकल कलेजमा कार्यरत एक डाक्टरको बलात्कार पछि हत्या गरिएको हो । 

भारतीय प्रहरीका अनुसार सो अस्पतालको सेमिनार हलमा गत अगस्ट ९ मा स्नातकोत्तर तहका प्रशिक्षार्थी महिला डाक्टरको अर्धनग्न शव फेला परेको थियो । 

अनुसन्धान पछि प्रहरीले आरोपी सञ्जयलाई अगस्त ९ मा नै पक्राउ गरिसकेको छ । र, प्रहरीले उनीविरुद्ध हत्या र जबरजस्ती करणी मुद्दा दर्ता गरी १४ दिनको न्यायिक हिरासतमा पठाएको छ । 

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले यस मुद्दालाई फास्ट ट्र्याक कोर्टमा पठाइने बताइन्। दोषीलाई मृत्युदण्डको माग गरिएको छ ।

सेमिनार हलमा उनी भेटिदाँ आँखा, मुख र गुप्तांगबाट रगत बगिरहेको थियो । कोलकाता प्रहरीका अनुसार डाक्टरको आँखा, मुख र गुप्तांगबाट रगत बगिरहेको थियो । उनको पेट, देब्रे खुट्टा, घाँटी, दाहिने हात, औंठी औँला र ओठमा पनि चोट लागेको छ । घाँटीको हड्डी पनि भाँचिएको थियो ।

उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको प्रहरीले जनाएको छ ।३१ वर्षीय प्रशिक्षार्थी डाक्टर चेस्ट मेडिसिन विभागमा पीजी दोस्रो वर्षमा अध्ययनरत थिइन् । अभियुक्त अस्पतालका कर्मचारी होइन, बाहिरका व्यक्ति हुन् । तर अस्पतालका विभिन्न विभागहरूमा उनको धेरै पहुँच रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ