2026-07-24 09:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुर्घटनाको पीडा नसेलाउँदै सौर्य एयरलाइन्सलाई अर्को झट्का, उडान अनिश्चितकालका लागि बन्द

साउन २७,  काठमाडौं  | साउन ९ गते जहाज दुर्घटनपछि उडान बन्द भएको सौर्य एयरलाइन्सको उडानै अनिश्चित हुने गरी अर्को झट्का लागेको छ । यो वायुसेवाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट वायुसेवा सञ्चालन इजाजतपत्र (लाइसेन्स)को अवधि सकिएसँगै सौर्यको उडान अनिश्चितकालका लागि बन्द भएको छ ।

यसको उडान अवधि सकिनु १६ दिन अगाडि मात्रै दुर्घटनामा परेर उडान बन्द भएको यो वायुसेवाको २५ साउनदेखि लाइसेन्सको अवधिसमेत सकिएको छ । पर्यटन मन्त्रालयबाट हरेक ५ वर्षमा नवीकरण गराउनुपर्ने लाइसेन्सको अवधि सकिएको यो वायुसेवाले पर्यटन मन्त्रालयमा लाइसेन्स नवीकरणको लागि आवेदन भने दिइसकेको छ ।

मन्त्रालयले इजाजतपत्रको अवधि नवीकरणका लागि यसको बक्यौता रहे नरहेको, जहाज उडान योग्य भए नभएको र उडान अनुमति नवीकरण गर्ने विषयमा हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको सुझाव मागेको छ ।

पर्यटन मन्त्रालयका अनुसार प्राधिकरणको सुझावपछि मात्रै यसको इजातपत्रको नवीकरण हुने भएको छ । यसका लागि पर्यटन मन्त्रालयले उड्डयन प्राधिकरणको राय मागेको र उक्त राय आएपछि मात्रै इजाजतपत्र नवीकरणको प्रक्रिया अगाडि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

एकातर्फ जहाज दुर्घटनाबाट उच्च व्यवस्थापनका ४ जनासहितका १८ जना जनाको ज्यान गुमेको पीडामा वायुसेवा छ भने अर्कोतर्फ वायुसेवा सञ्चालनको इजाजतपत्र नै नभएका कारण यो वायुसेवालाई उडान पुनः उडान सञ्चालनमै समस्या भएको छ।

इजाजतपत्रको अवधि सकिएपछि उडान गर्न नपाउने भएकोले त्यसअघि नै इजाजतपत्र नवीकरण गराइसक्नु पर्नेथियो । तर, कम्पनीले समयमा नै इजाजतपत्रको नवीकरण गराउन सकेन । यसैबीचमा जहाज दुर्घटनाको कारण सौर्यले थप ठूलो क्षति व्यहोरेको छ।

सीआरजे नामक ३ वटा वायुसेवा मात्रै भएको सौर्यको एउटा जहाज दुर्घटनापछि अब दुईवटा जहाज बाँकी छन् । यी दुईवटा पनि एउटा मात्रै जहाज उडानयोग्य भएकोले पनि सौर्यलाई पुनः उडान गर्न समस्या छ ।

एकातिर आर्थिक समस्यामा वायुसेवा परेको छ भने अर्कोतर्फ ५ वर्षभित्रमा ५ जहाज पुर्याउनुर्ने नियम उड्डयन प्राधिकरणले ल्याएको छ । भएका जहाज उडाउँदै आन्तरिक व्यवस्थापन मिलाउन खोजेपनि यसलाई इजाजत पत्र नवीकरण नहुँदा समस्या भएको छ ।

नियमित उडानको वायुसेवा कम्पनी सौर्यले सीआरजे जहाजमार्फत काठमाडौंबाट विभिन्न सहरी क्षेत्रका विमानस्थलमा सेड्युल उडान गर्छ । यो भद्रपुर, भैरहवा, विराटनगर, धनगढी र पोखरामा उडान गर्ने गरेको भएपनि पछिल्लोसमय काठमाडौंबाट विराटनगर र भद्रपुर मात्रै उडान गर्दै आएको थियो । यो वायुसेवासँग हाल ५० सिट क्षमताको सीआरजे २०० नामक एउटा मात्रै जहाज भएकोले यसका उडान गन्तव्य सीमित छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानन्द्र भुलले सौर्यमा कर्मचारी नभएको र जिम्मेवारी कर्मचारी नभएसम्म कम्पनीको उडान सञ्चालन अनुमति (एओसी) निलम्बनजस्तै अवस्थामा रहेको बताए । सौर्यले जहाज उडानमा जिम्मेवार कर्मचारी पूर्ति गर्न नसकेसम्म उडान अनुमति पनि नपाउने भुलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक