2026-09-06 07:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बंगलादेशमा अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका ८ निर्णय

साउन २८, काठमाडौँ । बंगलादेशमा अन्तरिम सरकार गठन भएको चार दिनपछि मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ।

अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको निवासमा आइतबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न आठ निर्णय गरेको छ।

१७ सदस्यीय मन्त्रिपरिषदका १६ सदस्य मात्रै आइतबारको बैठकमा सहभागी थिए।

मन्त्री नियुक्त भएपनि फारुक-ए-आजमले अहिलेसम्म शपथ लिएका छैनन्। उनी अमेरिकामा छन्। युनुसले मन्त्री नियुक्त गरेको चार दिन बितिसक्दा पनि आजमको बंगलादेश फर्केन समय निर्धारण भइसकेको छैन।

बंगलादेशी समाचार संस्था द डेली स्टारका अनुसार आइतबारको बैठकले विद्यार्थी आन्दोलनमा घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने  निर्णय गरेको छ।

प्रदर्शनमा घाइते भएकाहरूको सूची चाँडै बनाउने र उनीहरूलाई सरकारले नै उपचार गर्ने निर्णय आइतबारको बैठकले गरेको डेली स्टारले लेखेको छ।

त्यस्तै प्रदर्शनमा मारिएकाहरूका परिवारलाई पनि सरकारले सहायता दिने निर्णय गरेको छ।

बंगलादेशमा एक महिनाभन्दा लामो समय चलेको विद्यार्थीहरूको प्रदर्शनका क्रममा ४ सय जना भन्दा बढीले ज्यान गुमाएको र हजारौं घाइते भएका थिए।

बैठकले सेख हसिना नेतृत्वको सरकारले करारमा गरेका नियुक्ति खारेज गर्ने निर्णय पनि गरेको छ। हसिनाले विभिन्न सरकारी निकायमा मनलाग्दी ढंगले आफ्ना कार्यकर्ताहरूलाई करारमा नियुक्ति दिएको भन्दै विरोध भएको थियो। ती सबै नियुक्तिहरूलाई खारेज गर्ने निर्णय भएको डेली स्टारले उल्लेख गरेको छ।

त्यस्तै बंगलादेश बैंकका गभर्नर र धितोपत्र तथा विनिमय आयोगका प्रमुखको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ।

रिक्त स्थानमा पदपूर्तिका लागि सिफारिस समिति पनि गठन गरिएको छ। उक्त समितिलाई यथाशिघ्र सिफारिस गर्न भनिएको छ। समितिले सिफारिस गरेपछि सरकारले रिक्त स्थानमा पदपूर्ति गर्नेछ।

बैठकले देशका केही स्थानमा अल्पसंख्यक जाति तथा धर्मावलम्बीहरूमाथि भएको आक्रमणबारे पनि चिन्ता प्रकट गर्दै ध्यानाकर्षण भएको बताएको छ।

अन्तरिम सरकार प्रमुखले तुरुन्त प्रतिनिधि निकाय र अन्य सम्बन्धित समूहसँग बसेर यस्ता जघन्य आक्रमणको समाधानका उपायहरू खोज्ने निर्णय भएको छ।

त्यस्तै युनाइटेड अबर इमिरेट्समा प्रदर्शनका क्रममा पक्राउ परेका र सजाय सुनाइएका ५७ वंगलादेशी नागरिकहरुलाई रिहा गर्नका लागि अन्तरिम सरकारले पहल थाल्ने निर्णय गरेको छ। बंगलादेशमा विद्यार्थीहरूको आन्दोलनमा समर्थन जनाउँदै युएईमा पनि बंगलादेशीहरूले प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा पक्राउ परेका आफ्ना नागरिकहरूलाई रिहा गर्नका लागि आवश्यक परे अन्तरिम सरकार प्रमुख युनुसले नै संवाद गर्ने निर्णय भएको डेली स्टारले जनाएको छ।

बैठकले जुलाई १८ देखि बन्द रहेको ढाका एक्सप्रेस मेट्रो रेल सञ्चालन गर्ने निर्णय गरेको छ। काजीपारा र मिरपुरका क्षतिग्रस्त स्टेशनहरूमा भने केही दिनका लागि रेल  नरोकिने भएको छ। क्षतिग्रस्त स्टेशन मर्मत भएपछि नियमित चल्ने  बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ