३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बंगलादेशमा अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका ८ निर्णय

२८ श्रावण २०८१, सोमबार ०६:३७

साउन २८, काठमाडौँ । बंगलादेशमा अन्तरिम सरकार गठन भएको चार दिनपछि मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ।

अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको निवासमा आइतबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न आठ निर्णय गरेको छ।

१७ सदस्यीय मन्त्रिपरिषदका १६ सदस्य मात्रै आइतबारको बैठकमा सहभागी थिए।


मन्त्री नियुक्त भएपनि फारुक-ए-आजमले अहिलेसम्म शपथ लिएका छैनन्। उनी अमेरिकामा छन्। युनुसले मन्त्री नियुक्त गरेको चार दिन बितिसक्दा पनि आजमको बंगलादेश फर्केन समय निर्धारण भइसकेको छैन।

बंगलादेशी समाचार संस्था द डेली स्टारका अनुसार आइतबारको बैठकले विद्यार्थी आन्दोलनमा घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने  निर्णय गरेको छ।

प्रदर्शनमा घाइते भएकाहरूको सूची चाँडै बनाउने र उनीहरूलाई सरकारले नै उपचार गर्ने निर्णय आइतबारको बैठकले गरेको डेली स्टारले लेखेको छ।

त्यस्तै प्रदर्शनमा मारिएकाहरूका परिवारलाई पनि सरकारले सहायता दिने निर्णय गरेको छ।

बंगलादेशमा एक महिनाभन्दा लामो समय चलेको विद्यार्थीहरूको प्रदर्शनका क्रममा ४ सय जना भन्दा बढीले ज्यान गुमाएको र हजारौं घाइते भएका थिए।

बैठकले सेख हसिना नेतृत्वको सरकारले करारमा गरेका नियुक्ति खारेज गर्ने निर्णय पनि गरेको छ। हसिनाले विभिन्न सरकारी निकायमा मनलाग्दी ढंगले आफ्ना कार्यकर्ताहरूलाई करारमा नियुक्ति दिएको भन्दै विरोध भएको थियो। ती सबै नियुक्तिहरूलाई खारेज गर्ने निर्णय भएको डेली स्टारले उल्लेख गरेको छ।

त्यस्तै बंगलादेश बैंकका गभर्नर र धितोपत्र तथा विनिमय आयोगका प्रमुखको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ।

रिक्त स्थानमा पदपूर्तिका लागि सिफारिस समिति पनि गठन गरिएको छ। उक्त समितिलाई यथाशिघ्र सिफारिस गर्न भनिएको छ। समितिले सिफारिस गरेपछि सरकारले रिक्त स्थानमा पदपूर्ति गर्नेछ।

बैठकले देशका केही स्थानमा अल्पसंख्यक जाति तथा धर्मावलम्बीहरूमाथि भएको आक्रमणबारे पनि चिन्ता प्रकट गर्दै ध्यानाकर्षण भएको बताएको छ।

अन्तरिम सरकार प्रमुखले तुरुन्त प्रतिनिधि निकाय र अन्य सम्बन्धित समूहसँग बसेर यस्ता जघन्य आक्रमणको समाधानका उपायहरू खोज्ने निर्णय भएको छ।

त्यस्तै युनाइटेड अबर इमिरेट्समा प्रदर्शनका क्रममा पक्राउ परेका र सजाय सुनाइएका ५७ वंगलादेशी नागरिकहरुलाई रिहा गर्नका लागि अन्तरिम सरकारले पहल थाल्ने निर्णय गरेको छ। बंगलादेशमा विद्यार्थीहरूको आन्दोलनमा समर्थन जनाउँदै युएईमा पनि बंगलादेशीहरूले प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा पक्राउ परेका आफ्ना नागरिकहरूलाई रिहा गर्नका लागि आवश्यक परे अन्तरिम सरकार प्रमुख युनुसले नै संवाद गर्ने निर्णय भएको डेली स्टारले जनाएको छ।

बैठकले जुलाई १८ देखि बन्द रहेको ढाका एक्सप्रेस मेट्रो रेल सञ्चालन गर्ने निर्णय गरेको छ। काजीपारा र मिरपुरका क्षतिग्रस्त स्टेशनहरूमा भने केही दिनका लागि रेल  नरोकिने भएको छ। क्षतिग्रस्त स्टेशन मर्मत भएपछि नियमित चल्ने  बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ?