2026-09-22 05:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेताको मृत्युको कामना सहित फेसबुक लाइभ गर्ने ज्योतिषी विरुद्ध साइबर अपराधको मुद्दा दर्ता

साउन ३०, काठमाडौँ । ठूला नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गरी लाइभ देखाउने पुष्कर खतिवडा विरुद्ध साइबर अपराध सम्बन्धी मुद्दा दर्ता भएको छ । मङ्गलबार जिल्ला अदालत काठमाडौंमा ज्योतिष खतिवडाले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर गरेको भन्दै अभियोगपत्र दर्ता भएको हो । 

नेपाल सरकारलाई वादी र खतिवडालाई प्रतिवादी बनाई दायर गरिएको सो अभियोगपत्र अनुसार १४ साउनमा खतिवडाले ठूला नेताहरूको मृत्युको कामना गर्दै अनुष्ठान गरिरहेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो । त्यही सूचनाका आधारमा प्रहरी पूजा लगाइरहेको ठाउँमा पुगेको थियो । त्यस क्रममा उनले घरको आँगनमा नेताहरूको फोटो जलाइसकेको र पूजा सामग्री राखी यज्ञ गरिरहेको प्रहरीले फेला पारेको थियो । 

उनले प्रयोग गर्ने सामसङ एस २३ अल्ट्रा फोनमा रहेको फेसबुक खोली हेर्दा ११ साउनमा खतिवडाले ‘देशलाई खाल्डोमा हाल्ने नेता हुन्’ भन्दै पोस्ट राखेका थिए । त्यही पोस्टमा उनले नेताहरूको मृत्युको कामना गरी सोमबार पूजा गर्न लागेको भन्ने सूचना राखेका थिए । 

त्यसपछि प्रहरीले खतिवडालाई नियन्त्रणमा लिएको थियो । यता खतिवडाले भने बयानमा आफूले नेताहरूको मृत्युको कामना गरी पूजा गर्ने निर्णय गरेको र सोही अनुसार पोस्ट राखेको स्वीकारेका छन् । १४ साउनका दिन उनले गुगलबाट प्रधानमन्त्रीसहित शीर्ष नेताको फोटो डाउनलोड गरी त्यसलाई प्रिन्ट गरेर फोटोमा हार चढाएका थिए ।

सो भिडिओ फेसबुकमा उनका आफन्तले देखेपछि त्यसो नगर्न सुझाव दिए । त्यसपछि उनले फोटोको हार निकाली नेताको सद्‌बुद्धि आओस् र राष्ट्रमा शान्ति होस् भन्ने मनसायले पूजा गरेको भनी भनाइ फेरे । 

तर, पुरानो भिडिओलाई लिएर भ्रामक सूचना राखिएको उनको आरोप छ । “पुरानो भिडिओलाई मात्र अनर्गल प्रचार गरी मेरो कार्यभन्दा फरक ढङ्गले प्रचार गरिएको मात्रै हो,” उनले अगाडि भनेका छन्, “त्यस भिडिओमा प्रचार गरिएको जस्तो नेताको मृत्युको कामना नगरी सकारात्मक इच्छा राखेर पूरा गरेको हुँ ।” 

अभियोगपत्रको अभियुक्त उपरको अभियोग खण्डमा लेखिएको छ, “प्रतिवादी पुस्कर खतिवडाले भीभीआईपी व्यक्तिको फोटो जलाई, मृत्युको कामना गरी यज्ञ गरिरहेको लाइभ भिडियो आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फतबाट सार्वजनिक गरी नैतिकता, शिष्टाचार विरुद्धका सामाग्री वा घृणा वा द्वेष फैलाउने अमर्यादित क्रियाकलाप गरी सनातन हिन्दु धर्म संस्कृतिबाट परिकल्पना नै नगरिएको कार्य गरी धार्मिक भावना, धार्मिक सहिष्णुतामा खलल पुर्याउने कार्य गरेको हुँदा निज प्रतिवादी पुष्कर खतिवडाले गरेको उक्त कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आयो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल