२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हसिनाका छोरा भन्छन्– बंगलादेशमा ९० दिनभित्र चुनाव हुने सुनिश्चित भारतले गर्नुपर्छ

३० श्रावण २०८१, बुधबार ११:१२

साउन ३०, काठमाडौँ । अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजेद जोयले बंगलादेशमा संविधानअनुसार ९० दिनभित्र निर्वाचन गराउन भारतलाई नेतृत्वदायी भूमिका खेल्न आग्रह गरेका छन् । मंगलबार 'द इन्डियन एक्सप्रेस'लाई दिएको अन्तर्वार्तामा जोयले बंगलादेशको संविधानको पालना गर्दै तोकिएको समयभित्र निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन् ।

"मलाई आशा छ, भारतले ९० दिनको संवैधानिक समयसीमाभित्र चुनाव गराउन भूमिका खेल्ने छ । र, अवामी लिगलाई प्रचार गर्न र पुनर्गठन गर्न अनुमति दिने विषयको सुनिश्चित गर्ने छ । यदि यो सुनिश्चित भयो भने म अझै पनि विश्वस्त छु कि हामी चुनाव जित्ने छौँ । हामी अझै पनि सबैभन्दा लोकप्रिय पार्टी हौँ," जोयले अन्तर्वार्तामा भनेका छन् ।


उनले विद्यार्थी आन्दोलनलाई सरकारले राम्ररी व्यवस्थापन गर्न नसक्दा राजनीतिक अस्थिरता बढेको पनि स्वीकार गरे । उनले सरकारले सुरुमा नै आन्दोलनकारीहरूसँग संवाद गरेर विवादित कोटाविरुद्ध बोल्नुपर्ने तर त्यसो हुन नसकेको बताए ।

"मलाई लाग्छ, हाम्रो सरकारले कोटाको विरुद्धमा बोलेर अदालतमा निर्भर रहनुको सट्टा सुरुमा नै आन्दोलनकारीहरूसँग भेट गर्नुपर्थ्यो । सरकारले कोटा घटाउन सर्वोच्च अदालतमा पुनरावेदन दायर गर्‍यो । मैले सार्वजनिकरूपमै हामीले कोटाविरुद्ध बोल्नुपर्छ भनेको थिएँ । तर, हाम्रो सरकारले त्यो कदम चालेन," उनले भनेका छन् ।

उनले विरोध प्रदर्शनमा विदेशी खुफिया एजेन्सीहरूको संलग्नता हुन सक्ने आरोप पनि लगाएका छन् । 

“धेरै प्रदर्शनकारीहरू हतियारसहित देखिएका छन्, जबकि बंगलादेशमा हतियार पाउन धेरै गाह्रो छ । किनकि पछिल्लो १५ वर्षमा हामीले विद्रोहलाई नियन्त्रणमा राखेका छौँ । प्रदर्शनकारीहरूलाई हतियार आपूर्ति गर्न सक्ने एकमात्र संगठन विदेशी गुप्तचर निकाय हुन सक्छ,” उनले भनेका छन् ।

जोयले अगस्ट ५ मा उनकी आमा शेख हसिनाले बंगलादेश छोड्नुअघि भएका घटनाहरूलाई स्मरण गर्दै सुरुमा हसिनाको देश छोड्ने कुनै मनसाय नभएको दाबी गरेका छन् ।

ढाका ट्रिब्युनबाट ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल