2026-09-22 05:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गृहकार्य गरेको कापी लिन घर फर्किँदा १३ वर्षीया बालिका बलात्कृत, दुईजना पक्राउ

साउन ३१, काठमाडौं | बारामा  १३ वर्षीया बालिका बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । मंगलबार दिउसो करिब १२:३० मा उक्त बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका–४ बस्ने ३३ वर्षीय सन्जोग खतिवडा र निजगढ–५ बस्ने २७ वर्षीय दिनेस चौलागाई रहेका छन् । 

निजगढ नगरपालिका–५ स्थित श्री जनजागृति आधारभूत विद्यालयमा अध्ययन गर्न गएकी ‘जिल्ला ३३ ८१र८२ ख’ बालिकाले शिक्षक पुजनीय खड्काले दिएको गृहकार्य गरेको कापी भुलबस घरमा छुटेको शिक्षकलाई बताएपछि शिक्षक खड्काले उनलाई गृहकार्य गरेको कापी लिन करिब १२:१५ मा घर पठाएका थिए ।

उनी त्यहीँ गृहकार्यको कापी लिन घर जाने क्रममा आफुलाई दुईजना पुरुषले बलात्कार गरेका घटना परिवारसँग बताएपछि घटना बाहिरेको हो । मंगलबार विद्यालयबाट घर जाने क्रममा मोटरसाइकलमा आएका दुईजना नचिनेका मानिसले केही पैसा र मिठाई दिएर आफूमाथि जबर्जस्ती करणी गरेको बालिकाले अभिभावक र आफन्तलाई बताएकी थिइन् । घटना थाहा पाएलगत्तै अभिभावक र आफन्त प्रहरीकोमा पुगेका थिए ।

निजगढ नगरपालिका–५ स्थित श्री जनजागृति आधारभूत विद्यालयबाट बालिका घर जाने क्रममा उनीहरूले जबर्जस्ती करणी गरेको भन्ने ‘जिल्ला ३३ ८१र८२ ख’ को उजुरीका आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । प्रहरीले खतिवडालाई मंगलबार राति ११ बजे साथिको घरबाट र चौलागाईलाई बुधबार घर नजिकैबाट प्रक्राउ गरेको हो ।

घटनाको जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले निजगढस्थित सामुदायिक अस्पतालमा बालिकाको शारीरिक परीक्षण गर्दा उनीमाथि बलात्कार पुष्टि भएको अस्पतालका चिकित्सकहरूले जानकारी दिएको बताए ।

बालिकाले प्रक्राउ गरेकाहरुको सनाखतसमेत गरिसकेकी छिन् । प्रक्राउ परेकामध्ये खतिवडा यसअघि केही समय अगाडि मात्र लागुऔषध मुद्दामा सजाय भुक्तान गरी जेलबाट छुटेको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल