७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तारकेश्वरमा खोलो पुरेर बनाइएको खेल मैदान भासियो

३१ श्रावण २०८१, बिहीबार ०७:४७

साउन ३१, काठमाडौँ । पछिल्लो समय काठमाडौं उपत्यकामा जमिन भासिने क्रम बढेको छ । काठमाडौंको कमलादीस्थित टुकुचा खोलामाथिको सडक भासिएको घटना सेलाउन नपाउँदै तारकेश्वर नगरपालिका-५ अर्यालटारमा त्यस्तै शैलीमा फुटबल मैदान भासिएको छ ।

स्थानीय खोलालाई पुरेर बनाइएको खेल मैदानको एउटा भाग ठूलो आकारमा भासिएको हो । त्यहाँ खोलालाई पुरेर खेल मैदान निर्माण गरिएको थियो ।


खोलो पुरेर बनाइएको खेल मैदान निरन्तरको वर्षातपछि भासिन पुगेर ठूलो भ्वाङ परेको छ। भ्वाङ परेको स्थानमा ह्युम पाइपमा खुम्च्याइएको खोलो बगिरहेको अवस्थामा देखिएको छ ।

उपत्यकामा अविरल वर्षाका कारण सडकसहितका संरचना भासिइरहेका छन् । स्थानीय रुद्रेश्वर खोलो पुरेपछि त्यहाँ खेल मैदान बनाइएको थियो।

खोलो पुरेर बनाइएको खेल मैदानमा ढलानको तयारी हुँदै गर्दा ठूलो भ्वासङसहित भासिएको स्थानीय प्रसाद अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने