2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा आगलागीबाट तीस लाखको क्षति

कात्तिक १६, उदयपुर । तिहारको लक्ष्मी पूजाको राति लक्ष्मी पूजा गर्दा मैनबत्तीबाट सल्केको आगोले उदयपुर जिल्लाको रामपुर ठोक्सिला र लिम्पाटारमा रु ३० लाख बराबरको क्षति भएको छ । 

आगलागीका कारण रामपुर ठोक्सिलास्थित प्रेमबहादुर राईको घरमा करिब रु १० लाख बराबरको क्षति भएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । 

आगालागीबाट राईको घरको लत्ताकपडा र सबै अन्नपात र काठको घर जलेर नष्ट भएको पनि स्थानीय रमणकुमार भट्टराईले बताउनुभयो । 

यस्तै लक्ष्मी पूजाको राति नै घरमा लक्ष्मी पूजा गर्दा मैनबत्तीबाट सल्केको आगोले जिल्लाको पश्चिमी पहामडी गाविस लिम्पाटारमा स्थानीय शम्भु कार्कीको घरमा आगलागी हुँदा कार्कीको घर तथा घरका सम्पूर्ण सामग्री जलेर नष्ट भएको स्थानीयवासी प्रभु कार्कीले जानकारी दिनुभयो । कार्कीकै घरको आगो सल्केर अन्य छिमेकी तिलकबहादुर कार्कीलगायतको पनि घर गोठ जलेको छ । 

लिम्पाटारमा मात्र झन्डै रु २० लाख बराबरको धनमालको क्षति भएको स्थानीयवासीले बताएका छन् । 

मैनबत्ती बाल्दा मैनबत्तीबाट सल्केर आगलागी भएको पनि स्थानीय तथा प्रहरीले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई