६ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

फ्लाइटमा वाईफाईले कसरी काम गर्छ ?

३ भाद्र २०८१, सोमबार ०७:०८

भदौ ३, काठमाडौँ ।  धेरै मानिसहरू हवाई यात्रा गर्न मन पराउँछन् । यसरी हावामा यात्रा गर्दा छुट्टै प्रकारको अनुभव हुनुका साथै यस्तो यात्राले धेरै मानिसहरूमा भिन्नभिन्न महत्त्व राख्छ । 

हवाई यात्राको क्रममा बच्चाहरू छन् भने बाहिरको दृश्य देखेर रमाउने गर्छन् । तर बिजनेस गर्ने तथा अन्य काम गर्ने मानिसहरू भने यात्रा गर्दाको समय र प्राय, फ्लाइटमा इन्टरनेटको व्यवस्था नहुने कारण आफ्‌नो काम प्रभावित हुन्छ भन्ने सोचाइ राख्छन् ।

धेरै मानिसहरू यात्राको समयमा भए पनि आफ्‌नो कामलाई निरन्तरता दिने इच्छा राख्छन् । यसकारण अहिले इन फ्लाइट वाइफाई धेरै सामान्य बन्दै गइरहेको छ । समयको बढ्‌दो मागलाई पूरा गर्नका लागि टेक्नोलोजीमा दैनिक धेरै परिवर्तन भइरहेका छन् । 


विश्वभर धेरै एयरक्राफ्टहरूमा वाइफाई तथा मोबाइल कम्युनिकेसन सर्भिस सुरू भइसकेको छ । एयर एसिया, एयर फ्रान्स, ब्रिटिस एयर, इजिप्ट एयर तथा कतार एयरवेजलगायत ३० भन्दा धेरै एयरलाइन्सहरूले अन्बोर्ड कनेक्टिभिटी अफर गर्छन् ।

नर्थ अमेरिका, इयु, एसिया र अस्ट्रेलियालगायतका देशहरूका न्यायालयले पनि विमानभित्र मोबाइल कम्युनिकेसन सर्भिसको प्रयोग गर्न सेलफोन पाउने अधिकार प्रदान गरेका छन् । विश्वभर धेरै देशहरूमा डोमेस्टिक र इन्टरनेसनल उडान गर्ने विमानहरूमा इन फ्लाइट वाईफाईको सुरूवात भइसकेको छ ।

यसरी एयरक्राफ्‌टमा पृथ्वीभन्दा तीस/पैतीस हजार फिटभन्दा माथि सिस्टम कसरी काम गर्छ र डिभाइसले वाइफाई नेटवर्क कसरी टिप्छ, त्यस्तै सेलफोनले कति माथिसम्म काम गर्छ भन्नेबारेमा धेरैलाई थाहा नहुन सक्छ । तल हेरौ इनफ्‌लाइट वाइफाईले कसरी काम गर्छ ।

यो कस्तो प्रविधि हो, जसले फ्लाइटमा इन्टरनेट उपलव्ध गराउँछ ?

प्लेनको इनफ्‌लाइट कनेक्टिभिटी सिस्टममा मुख्यतः दुई प्रकारको प्रविधिको प्रयोग भएको हुन्छ । पहिलो, स्पेसल ग्राउन्ड बेस्ड सेल टावरको प्रयोग र दोस्रो भनेको स्याटेलाइटको प्रयोग हो। यी दुई प्रविधिका माध्यमबाट विमानभित्र इन्टरनेट सेवाको पहुँच पुर्‍याइएको हुन्छ ।

आकाशको उडानमा टावरहरुले कसरी सेलफोनमा वाइफाई डेलिभर गर्छन् ?

ग्राउन्ड बेस्ड सेल टावर, इनफ्‌लाइट वाइफाई डेलिभर गर्ने पहिलो विधि हो । यसको काम पनि अन्य सामान्य टावरहरूले सेलफोनमा वाइफाई डेलिभर गरे जस्तै हो । यसलाई एयर टु ग्राउन्ड सिस्टम पनि भनिन्छ ।

यसमा एयरक्राफ्टको तलपट्टि एन्टेनाहरू जडान गरिएको हुन्छ र ग्राउन्डमा पनि सेल टावर राखिएको हुन्छ । यसरी ग्राउन्डमा भएका सेल टावरहरूले हावामा सिग्नल प्रवाह गर्छन् र हवाई जहाजमा रहेका एन्टेनाहरूले उक्त सिग्नल समाएर सम्बन्धित डिभाइसहरूमा प्रवाह गर्छन् ।

तर यो प्रक्रियाका लागि फ्लाइट अटेन्डेन्टले उक्त एटिजी (ATG) सिस्टमलाई अन गरेपछि मात्रै एयरक्राफ्‌टले जमिनमा रहेका भिन्नाभिन्नै सेल टावरबाट सिग्नलहरू प्राप्त गर्न सक्छ । भित्र रहेका प्रयोगकर्तासमक्ष पुऱ्याउन सक्छ । अहिलेको समयमा सामान्यतया एटिजी सेवाबाट प्राप्त हुने वाइफाईको स्पिड लगभग ३ एमबिपीएस छ । जसले सामान्य इमेल, फेसबुक लगायतका एप्लिकेसन ब्राउज गर्न सकिन्छ ।

फ्‌लाइटमा स्याटेलाइटले इन फ्‌लाइट इन्टरनेटका लागि कसरी काम गर्छ ? 

एयरलाइनहरूले अहिले फ्‌लाइटको बेलामा यात्रुहरूलाई इन्टरनेट सेवा प्रदान गर्नका लागि केयु ब्यान्ड (Ku band) र केए ब्यान्ड (Ka band) गरि मुख्य दुई प्रकारका स्याटेलाइट कनेक्टिभिटीको प्रयोग गरिरहेका छन् ।

केयु ब्यान्ड (Ku band) को वेभलेन्थ फ्रिक्वेन्सी स्लो छ, जुन १२ देखि १८ गिगाहर्जको स्पिडमा चल्छ भने केए ब्यान्ड (Ka band) २६ देखि ४० गिगाहर्जको स्पिडमा फास्ट चल्छ । केयु ब्यान्ड (KU band) र केए ब्यान्ड (KA band) दुवै वाइफाईका प्रकार उस्तै प्रकारले काम गर्छन् । प्लेनको टपमा रहेको एन्टेनाले प्लेनपाथमा पर्ने नजिकैको स्याटेलाइटसँग लिंक गर्छ । यसरी स्याटेलाईटसँग प्लेन कनेक्ट भइसकेपछि त्यसको सिग्नल वायरलेस एक्सेस पोर्टल Wireless Access Portal (WAP) मा पठाइन्छ ।

यो हामीले घरमा वाइफाईका लागि प्रयोग गर्ने राउटर जस्तै हो । प्लेनमा लगभग ५० जनाका लागि एउटा WAP को आवश्यकता पर्छ । यसरी वायरलेस एक्सेस पोर्टल (WAP) ले प्लेनभित्रका यात्रुहरूको डिभाइसमा वाइफाई पुन्याउन मद्दत गर्छ ।

यसरी इन फ्लाइट वाइफाईका लागि ग्राउन्ड टावर र स्याटेलाइट गरी दुई प्रविधिको प्रयोग गरिन्छ । तर के यी प्रविधिबाट प्राप्त भएको वाइफाईको प्रयोग जहाँ पनि गर्न सकिन्छ होला त ? उदाहरणका लागि गोगोको एयर तो ग्राउन्ड टेक्नोलोजीमा सेल टावर प्रयोग गरिने भएका कारण यसले जमिनमा मात्र काम गर्छ ।

समुद्रको माथि उडिरहेको हवाई जहाजमा एटीजी (ATG) प्रविधिले काम गर्दैन। तर स्याटेलाइट प्रविधिमार्फत प्रयोग गरिएको वाइफाईले भने जमिन अथवा समुद्र जेमाथि हवाईजहाज उडे पनि काम गर्छ । तर यसको पनि एउटा कमजोरी छ, त्यो के भने उत्तरी ध्रुव (North Pole) र दक्षिण ध्रुव (South Pole) मा भने यो सेवाले काम गर्दैन ।

आकाशमा सेलफोनले कसरी काम गर्छ ?

हवाईजहाज उड्ने बेलामा विमानभित्रका फ्लाइट क्रुहरूले यात्रुहरूलाई आफ्‌नो मोबाइल फोन बन्द गर्न अथवा एयरप्लेन मोडमा राख्न आग्रह गर्छन । तर यदि प्लेन उडिसकेपछि पनि फोन बन्द नगर्ने हो भने यसले सेलुलर टावरको रेन्जभित्र रहुन्जेलसम्म काम गर्छ । सेलफोनले जमिनमा रहेको सेल टावरको मद्दतले कम्युनिकेट गर्ने गर्छ ।

तर त्यसले नेटवर्कलाई हावामा सयौ फिट माथिसम्म फैलाउन पनि सक्छ । तर बिस्तारै प्लेन माथि बढ्‌दै गएपछि भने नेटवर्कले काम गर्न छोड्छ । किनकि नेटवर्कको उपयोग आकाशमा भन्दा जमिनमा धेरै हुने भएका कारण सिग्नल प्रभावकारीइ होस भन्ने उद्देश्यले टावरलाई निर्देशित गरिएको हुन्छ ।

कति उचाइसम्म सेलफोनबाट फोनकल तथा टेक्स्टहरू गर्न सकिन्छ भन्ने कुरा टावर तथा ट्रान्समिटरमा भर पर्छ । तर हवाईजहाज १० हजार फिटको उचाइमा उड्दा सम्म भने सेलफोनले सिग्नल टिप्न सक्छ । यसकारण मोबाइल फोन सेवालाई उचाइले मात्र प्रभावित पार्छ भन्ने होइन ।

जहाजको स्पिडले समेत फोनको सिग्नल कनेक्सनमा असर पार्छ, प्लेनभित्रका यात्रुहरूको मोबाइलमा सिग्नल कनेक्सनका लागि प्लेन लगभग प्रतिघण्टा १ सय ५५ माइल वा सोभन्दा कम गतिमा हुनुपर्छ र मात्रै मोबाइलबाट मेसेज तथा फोन गर्न सकिन्छ । साथै एयरप्लेनको मेटल बडी पनि सेलुलर सर्भिसका लागि बाधा हुन सक्छ ।

सेलफोनमा एयरप्लेन मोड के हो ?

एयरप्लेन मोड स्मार्टफोन तथा ट्याब्लेटको सेटिङ हो । यसले डिभाइसको सेलुलर कनेक्सन, वाइफाई, जीपीएस तथा ब्लुटुथसहित सम्पूर्ण वायरलेस कम्युनिकेसन बन्द गर्छ । यसकारण फोनकल, म्यासेज तथा कुनै पनि डाटा पठाउन र प्राप्त गर्न सकिँदैन ।

अहिलेको समयमा धेरै एयरलाइन्सले इन्फ्‌लाइट वाइफाई सेवाको सुरूवात गरिसकेका छन् । तर फ्लाइटबाट अन्य डिभाइसहरूसँग कनेक्ट गर्नका लागि सेलुलर नेटवर्क कनेक्सनको सुरुवात भने भएको छैन् । एयरप्लेन मोडमा ट्रान्समिसन सिग्नल मात्र निष्क्रिय हुन्छ । यसकारण एयरलाइनको नियमअनुसार यात्रुहरूले सेलफोनका क्यामेरा, गेम्सलगायतका फङसनहरू भने प्रयोग गर्न पाउँछन् । -आईसीटी समाचारबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै हँसिया प्रहार गरी ५६ वर्षीय कर्णबहादुरको हत्या