२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय राष्ट्रपतिको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा

१७ कार्तिक २०७३, बुधबार ०३:४६

कात्तिक १७, धनुषा । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुर भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । मुखर्जीको भ्रमणलाई मध्यनजर गरी जनकपुरलाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा रातदिन धमाधम काम अघि बढाइएको छ । 

आगामी कात्तिक १९ गते हुने भारतीय राष्ट्रपति मुखर्जीको यहाँ हुने भ्रमणलाई भव्य र सफल बनाउन जनकपुर उपमहानगरपालिका, स्थानीय प्रहरी प्रशासन तथा विभिन्न सङ्घसंस्था एकजुट भई लागेका छन् । राष्ट्रपति मुखर्जीको विश्वप्रसिद्ध जानकी मन्दिरमा पूजा दर्शन तथा स्थानीय तिरहुतिया गाछीमा नागरिक अभिनन्दन गरी कुल ५५ मिनेटको कार्यक्रम तय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईंले जनाउनुभएको छ । 

बिहान ११ बजे जनकपुर आइपुग्ने राष्ट्रपति मुखर्जीले पहिले जानकी मन्दिरमा २५ मिनेट पूजा दर्शनमा खर्चिने र त्यसपश्चात् तिरुहुतिया गाछीमा ३० मिनेट नागरिक अभिनन्दन कार्यक्रममा खर्चिने तय गरिएको प्रजिअ चापागाईंले जनाउनुभयो । अभिनन्दन गरिने तिरहुतिया गाछीमा मञ्चको व्यवस्थापन तथा स्थललाई सजाउने काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी चापागार्इंले सुरक्षा निकाय तथा नगरपालिका कर्मचारी अहोरात्र खटी तोकिएकै समयमा मञ्चको व्यवस्थापन गर्न सफल भएको बताउनुभयो । उहाँले अब केही सानातिना काम मात्र बाँकी रहेको र त्यो पनि चाँडै नै सकिने बताउनुभयो । 

स्थानीय प्रशासनले गर्नुपर्ने सुरक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै उहाँले भन्नुभयो–“भारतीय राष्ट्रपतिको सुरक्षाका लागि माथिबाटै टोली आउने भएकाले सुरक्षा रणनीतिअनुसार काम हुनेछ ।” 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरिक्षक लालमणि आचार्यले भारतीय राष्ट्रपति मुखर्जीको सुरक्षाका लागि स्थानीय स्तरबाट चार हजार सुरक्षाकर्मी परिचालन गरिने जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार हजार सुरक्षाकर्मी परिचालन हुने जनाउनुभयो । उहाँले भन्नुभयो–“स्थानीय स्तरबाट चार हजार सुरक्षाकर्मी परिचालन हुन्छ र यस बाहेक काठमाडाँैबाट थप सुरक्षाकर्मी युनिफर्म र सिभिल ड्रेसमा परिचालन हुनेछन् ।” 

यता भारतीय राष्ट्रपति भ्रमणलाई लिएर नेपाल भारतको सीमावर्ती क्षेत्रमा चेकजाँच तीव्र गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । सीमावर्ती क्षेत्रको सुरक्षाका लागि भारतीय प्रहरीसँग समेत कुराकानी भएको प्रहरी प्रमुख आचार्यले बताउनुभयो । 

त्यसैगरी, तिरहुतिया गाछीमा हुने भारतीय राष्ट्रपति प्रणव मुखर्जीको अभिनन्दन कार्यक्रममा एक हजार पाँच सय व्यक्तिलाई प्रवेश दिने जनकपुर उपमहानगरपालिकाले जनाएको छ । तिरहुतिया गाछीमा प्रवेश गर्नका लागि दुईवटा प्रवेशद्वार निर्माण गरिएको छ । 

गेट नम्बर १ बाट भिआइपी र गेट नम्बर २ बाट सर्वसाधारणलाई प्रवेश गर्न दिने कार्यक्रम तय गरिएको जउमपाले जनाएको छ । जनकपुर उपमहानगरपालिकाका इन्जिनियर वीरेन्द्र यादवका अनुसार १ नम्बर गेटबाट सुरक्षाकर्मीको जिम्मा लगाइनेछ र अर्को गेटबाट सुरक्षाजाँचपछि सर्वसधारणलाई प्रवेश गराइनेछ । 

अभिनन्दन कार्यक्रममा मन्त्री, पूर्वमन्त्री, सांसद, पूर्वसांसद, पत्रकार, व्यापारी, वुद्धिजीवी तथा नागरिक समाजका अगुवालाई प्रवेश पास दिने कार्यक्रम तय भएको इन्जिनियर यादवले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने