कात्तिक १७, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले तिहारको अवधिमा जुवा खेल्दै गरेका २७ जनालाई पक्राउ गरी जुवाको खालबाट रु आठ लाख ६५ हजार ९७० बरामद गरेको छ ।
भरतपुर उपमहानगरपालिका–८ गौरीगञ्जबाट गएराति ११ जना व्यक्ति र उनीहरुको जुवा खालबाट रु पाँच लाख ३१ हजार ८२५ बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार सोमबार राति भरतपुर उपमहानगरपालिका– १२ मुनालचोकबाट १६ जना व्यक्ति र उनीहरुको जुवाको खालबाट रु तनि लाख ३४ हजार १४५ बरामद भएको छ ।
प्रहरीले तिहारको समयमा जुवातास नियन्त्रण गर्न अभियान चलाएको भए पनि पेसेवर रुपमा उनीहरु मात्रै पक्राउ परेको श्रेष्ठले बताउनुभयो । उनीहरुविरुद्ध जुवा ऐन २०२० अन्तर्गत मुद्दा चलाइने भएको छ । रासस