ललित बोहरा /डडेल्धुरा । कर्तिक १७- सानै उमेरमा कामको खोजीमा भारत गएका हटैराज–२ गुर्केलीका नरेन्द्रबहादुर चन्द ३० वर्षपछि सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका छन् । १५ वर्षको उमेरमा कामको लागि भारत गएका चन्दलाई एक जापान पाकिस्तानीले दुबईमा जागिर लगाइ दिन्छु । भन्दै पाक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा /डडेल्धुरा । कर्तिक १७- सानै उमेरमा कामको खोजीमा भारत गएका हटैराज–२ गुर्केलीका नरेन्द्रबहादुर चन्द ३० वर्षपछि सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका छन् । १५ वर्षको उमेरमा कामको लागि भारत गएका चन्दलाई एक जापान पाकिस्तानीले दुबईमा जागिर लगाइ दिन्छु । भन्दै पाक"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

बैतडीका एक जना चन्द ३० वर्षपछि सामाजिक सञ्जालमार्फत सम्पर्कमा

१७ कार्तिक २०७३, बुधबार ०७:०५

ललित बोहरा /डडेल्धुरा । कर्तिक १७- सानै उमेरमा कामको खोजीमा भारत गएका हटैराज–२ गुर्केलीका नरेन्द्रबहादुर चन्द ३० वर्षपछि सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका छन् । १५ वर्षको उमेरमा कामको लागि भारत गएका चन्दलाई एक जापान पाकिस्तानीले दुबईमा जागिर लगाइ दिन्छु । भन्दै पाकिस्तान पुर्याएर अलपत्र छोडेका थिए । भारतको मुम्वईबाट बेपत्ता चन्द तीस वर्षपछि सम्पर्कमा आएका हुन् । पाकिस्तानको क्वटा शहरको बलोन मेडिकल कलेजमा अध्ययनरत डोटीका राजेन्द्रप्रसाद फुलाराबाट सम्पर्कमा आएका उनी नेपाल फर्कन चाहेको बताएका छन् ।

     ३० वर्षदेखि घरपरिवारको सम्पर्कमा नआएर बेपत्ता भएका उनी चरम पाकीस्तानमा भईरहेको द्धन्द्धमा पर्ने डरमा बाचीरहेको दुख ब्यक्त गरेको छ । पाकिस्तानको चमन सहरमा बस्दै आएका चन्द सामाजिक सञ्जालबाट सम्पर्कमा आएपछि उनका भतिज ललितचन्द र शंकरबहादुर चन्दसँग फोन सम्पर्कसमेत भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो घर परिवार, गाँउको ठेगाना लेखेर तीस वर्षदेखि पाकिस्तानमा रहेको र नेपाल फर्कन चाहेको बताएपछि उनी सम्पर्कमा आएका हुन् । उनले घर छोड्ने बेला नेपाली सेनाका जागिर दाई रणबहादुर र गंजबहादुर हाल रिटार्यड छन । हराएको लामो समयपछि सम्पर्कमा आउँदा घरपरिवार खुशी भएका हुन् । महेन्द्रनगरमा अध्ययनरत उनका भतिजा ललित चन्दले भने मैले अकल संग  फोनसम्पर्क गरेको र उनले रुदै भने म नेपाल आउन चाहन्छु मलाई नेपालको भुमी प्रतिमाया छ मलाई यता धेरै दुख छ । यस्तै रेडीयो अमरगढीले उहाँसंग प्रत्यक्ष कुरा गरेको छ । उनीलाई  नेपाली भाषा आउदैन । हिन्दीमा कुरा गर्दा उनको एकै माग थियो मलाई नेपाल आउन प्रक्रिया मिलाई दिनु म नेपाल आउन चाहन्छु । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो