२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा कारको ठक्करबाट एक महिलाको मृत्यु

१७ कार्तिक २०७३, बुधबार ०८:०६

कात्तिक १७, मोरङ । नम्बर नखुलेको कारको ठक्करबाट मोरङको विराटनगरमा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । 

कोसी राजमार्गअन्तर्गत विराटनगर–४ मा गएराति नम्बर नखुलेको कारको ठक्करबाट मोरङ गोविन्दपुर–३ बस्ने अन्दाजी ३० वर्षीया सुशीला पोख्रेलको घटनास्थलमै मृत्यु भएको हो । 

ठक्कर दिने कारसहित चालक फरार भएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

खुकुरी प्रहारबाट एक युवक गम्भीर 

मोरङको मधुमल्लाका एक युवा खुकुरी प्रहारका कारण गम्भीर घाइते भएका छन् । 

मधुमल्ला–८ पिपलडाँगीका अन्दाजी २७ वर्षीय उमेश अधिकारीलाई सोही ठाउँका रविन अधिकारी लगायतका युवाले आज बिहान २ः३० बजे खुकुरी प्रहार गरेको उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । 

खुकुरी प्रहारबाट दाहिने खुट्टामा गहिरो चोट लागेर घाइते भएका अधिकारीको झापाको विर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने समूह फरार भएकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । पुरानो रिसइबीका कारण खुकुरी प्रहार भएको प्रहरीको अनुमान छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य