२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पत्रकार महासंघको भवन निर्माणका लागि फेसवुक अभियान

१७ कार्तिक २०७३, बुधबार १२:१७

कृष्ण कँडेल, कार्तिक १७, बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङ साखाको सुविधा सम्पन्न भवन निर्माणका लागि फेसवुकमा सुरु गरिएको आर्थिक अभियानबाट एक हप्तामै ५६ हजार रकम संकलन छ । 

बागलुङ नगरपालिका–२ मा भुकम्प प्रतिरोधि ३ तले भवन बनाउन कार्तिक ११ गतेदेखि सुरु गरिएको अभियानमा स्थानिय स्तर र विदेशबाट सहयोग प्राप्त भएको नेपाल पत्रकार महासंघ बागलुङ साखाका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले जानकारी दिए । फेसवुकबाट एकै जनाले ३ हजार देखि २० हजार सम्म सहयोग गरेका छन् ।

अहिलेसम्म नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद् तथा बागलुङ एफएमका स्टेशन म्यानेजर ज्ञानेन्द्र गौतमले सवै भन्दा धेरै २० हजार रुपैयाँ सहयोग गरेका छन् । केन्द्रिय पार्षद्द्वय दिनेश पन्त र खगराज गैतम, माओवादी केन्द्रका नेता चन्द्रबहादुर थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापा, नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य कुशुम बुढा र युवा मिलन केसीले ५÷५ हजार रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै सामुदायिक बनउपभोक्ता महासंघ बागलुङका अध्यक्ष प्रेम लामिछाने र स्थानिय युवा व्यवासायी गगन पुनले ३÷३ हजार रुपैयाँ सहयोग गरेका छन् । फेसवुक अभियानबाट ३० लाख जुटाउने लक्ष्य राखिएको छ । 

पत्रकार महासंघको कार्यलय रहने गरि निर्माण गरिने भवनमा सुचना केन्द्र, बिद्युतिय पुस्तकालय र सुविधा सम्पन्न तालिम हल बनाउने लक्ष्य राखिएको छ । भवन निर्माणका लागि ६० लाख रकम आबश्यक पर्नेमा जिल्ला विकस समिति बागलुङले ५ लाख र बागलुङ नगरपालिकाले २ लाख ५० हजार बजेट विनियोजन गरेका छन् । 

‘१ लाखको संख्यामा विभिन्न विषयका सन्दर्भ पुस्तक र २० हजार पुस्तकहरु पढ्न मिल्ने गरि विद्युतिय पुस्तकालय चलाउने तयारीमा छौँ ।’ अध्यक्ष राजमण्डारीले भने, ‘भवन निर्माणको रकम जुटाउन जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदसँग पनि सक्दो सहयोग गर्न अपिल गरेका छौँ, सहयोगको प्रतिबद्धता आएको छ ।’ 

उनले बागलुङमा २००८ सालमा पहिलो पटक प्रकाशित भएको सहिबाटो नामक हस्तलिखित साप्ताहिक पत्रिका देखि अहिलेसम्म जिल्लामा प्रकाशित सवै पत्रिका संकलन गरेर सुचना केन्द्रमा राखिने बताए । 

विद्युतिय पुस्तकालयका लागि डेनमार्कका पर्यटनदुत तथा ईलाईब्रेरी फाउण्डेशन युरोप संयोजक सोम सापकोटाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएकोे राजभण्डारीको भनाई छ ।  सुचना केन्द्रका लागि ग्लोबल आईएमई बैङ्क लिमिटेडका अध्यक्ष चन्द्र ढकालसँग कुराकानी भएको उनले बताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन