२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पत्नीलाई परपुरुषसँग रंगेहात पक्रिंदा श्रीमानलाई ३ महिनाको जेल सजाय

२०८१, १० भाद्र सोमबार ०६:२९

एजेन्सी । आफ्नी धोकेबाज पत्नीलाई विवाहेत्तर सम्बन्धमा रंगेहात पक्रिएबापत एकजना ताइबानी पुरुषलाई उल्टै जेल सजाय भएको छ ।

ती व्यक्तिले आफ्नी पत्नी परपुरुषसँगको अवैध सम्बन्धमा रहेको बेला रंगेहात समाएका थिए । तर, अदालतले भने घरमा गोप्य क्यामेरा जडान गरेर पत्नीको गोपनीयता हनन् गरेको भन्दै उल्टै ती पुरुषलाई ३ महिनाको जेल सजाय सुनाएको हो ।

फान नामक ती व्यक्तिको धेरै वर्षअघि बिहे भएको थियो र सो दम्पतीका २ वटा सन्तान छन् । तर, उनलाई केही महिनाअघिदेखि नै आफ्नी पत्नीको परपुरुषसँग अनैतिक सम्बन्ध रहेको शंका लाग्यो । त्यसपछि उनले पत्नीको कर्तुतको पर्दाफास गर्नका लागि घरको बैठक कोठामा राखिने पियानोमा गोप्य ढंगले निगरानी क्यामेरा जडान गरे । त्यस्तै बेडरुममा रहेको कम्प्युटरसँगै पनि उनले अर्को क्यामेरा जडान गरे । त्यसरी क्यामेरा जडान गरेको दुई हप्तामै उनकी पत्नी एकजना अपरिचित पुरुषसँग बेडरुममै अन्तरंग क्रियाकलापमा संलग्न भएको दृश्य क्यामेरामा कैद भयो ।


आफ्नी पत्नी अर्कै पुरुषसँग सल्किएको सप्रमाण फेला पारेपछि उनले पत्नीसँग डिभोर्स मागे र सोही भिडियो क्लिपसहित डिभोर्सको मुद्दा हाल्ने निधो गरे ।

त्यसअघि सन् २०२२ को फेब्रुअरीमा उनले पत्नी र उनका वकिललाई सम्बन्ध विच्छेको छलफलका लागि बोलाएका थिए । तर, त्यसमा सहमति जुट्न नसकेपछि उनले पत्नीविरुद्ध आफ्नो सार्वजनिक छवि ध्वस्त बनाएको भन्दै अदालतमा अर्को मुद्दा हाले ।

तर, उनकी पत्नी पनि के कम ? पतिले आफ्नो सहमतिविना घरमा गोप्य क्यामेरा जडान गरेर आफ्नो गोपनीयता हनन् गरेको भन्दै उनले स्थानीय प्रहरी चौकीमा उजुरी दिइन् । साथै उनले सोही अभियोगमा अदालतमा समेत मुद्दा हालिन् ।

अदालतमा ती पुरुषले घरमा छोराछोरीहरूले आमा धेरैबेर बाथरुममा हराउने गरेको भनेपछि त्यही चिन्तालाई दूर गर्नका लागि क्यामेरा जडान गरेको जिकिर गरे । तर, न्यायाधीशले सो कुरा पत्याएनन् ।

अन्ततः गत वर्षको अन्त्यतिर ताओयुआन अदालतले सम्बन्धित व्यक्तिको सहमति तथा वैध कारण विनै अरु व्यक्तिको गोप्य गतिविधिको दृश्य खिचेको भन्दै फानलाई तीन महिनाको जेल सजाय सुनायो । उनले माथिल्लो अदालतमा पुनरावेदन गरेको भए पनि अदालतले तल्लो तहको फैसलालाई सदर गरेसँगै ती पुरुष ३ महिना जेल बस्नुपर्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ?: हर्क साम्पाङ प्रधानमन्त्री नआएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध जनाए बर्दियामा बस दुर्घटना हुँदा १० जना घाइते मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु मन्त्रिपरिषद् बैठक सुरु घट्यो सुनको मूल्य