२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

आफ्नै ३ वर्षीय छोरीको हत्या आरोपमा आमा पक्राउ, शव एउटा बन्द सुटकेसभित्र फेला

२०८१, ११ भाद्र मंगलवार ०७:४०

भदौ ११, काठमाडौँ । विवाहेत्तर सम्बन्धका कारण एक महिलाले आफ्नै तीन वर्षीय छोरीको हत्या गरेको घटना प्रकाशमा आएको छ ।

भारतको बिहार राज्यको मुजफ्फरपुरमा भएको उक्त घटनाबारे प्रहरीले हालै तथ्य उजागर गरेको हो । प्रहरीले हत्याको आरोपमा मृतक बालिकाकी आमा काजललाई पक्राउ गरेको छ । बिहीबार बिहान बालिकाको शव एउटा बन्द सुटकेसभित्र फेला परेको थियो । प्रहरीले उक्त शव मनोजकुमार र काजलकी छोरीको भएको पत्ता लगायो । मनोजकुमारसँग सोधपुछ गर्दा उनले काजलमाथि आफूलाई शंका लागेको बयान प्रहरी समक्ष दिएका थिए ।


घटनापछि फरार रहेकी काजललाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार काजल विगत एक वर्षदेखि रामपुरहारी थाना क्षेत्रका एक युवकसँग प्रेम सम्बन्धमा रहँदै आएको खुलासा भयो ।काजल ती युवकसँग विवाह गर्न चाहन्थिन् । तर ती युवकले काजलकी छोरीलाई साथमा राख्न नचाहेका कारण छोरीको हत्या गरेर सुटकेशमा शव हालेर फालिदिएको खुलासा भएको हो ।

छोरीको हत्यापछि काजल आफ्नै प्रेमीको घर पुगेकी थिइन् । प्रहरीले उनलाई प्रेमीकै घरबाट नियन्त्रणमा लिएको हो । उनले हत्या आफैँले गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस