२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकामा फेरि नेपाली युवतीको हत्या

२०८१, ११ भाद्र मंगलवार ०८:५२

भदौ ११, काठमाडौँ । अमेरिकाको टेक्ससस्थित ह्युस्टनमा एक नेपाली युवतीको गोली हानी हत्या भएको छ । ह्युस्टनमा रहेको एक कलेजमा अध्ययनरत नेपाली छात्राको अपार्टमेन्टमै गोली प्रहार भएको बताइएको छ ।

अमेरिकाबाट सञ्चालित नेपालीभाषी अनलाइन पोर्टलमा प्रकाशित समाचार अनुसार ती युवतीको हत्या कसले र किन गर्‍यो भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मुना पाण्डे नाम गरेकी ती युवती ह्युस्टनको हिलक्रप्टस्थित अपार्टमेन्टमा बस्दै आएकी थिइन् । घटनापछि प्रहरीले शवलाई पोस्टमार्टमका लागि अस्पताल लगेको छ । टेक्सस राज्यको प्रमुख सहरको रुपमा चिनिने ह्युस्टन अमेरिकाकै चौथो ठूलो सहर पनि हो ।


सोमबारको यो घटनाबारे मृतकका नेपालमा रहेका परिवार र आफन्तलाई जानकारी दिइएको पनि बताइएको छ । मुनाकी आमा अनिता पाण्डे अधिकारी नेपालमै बसोबास गर्छिन् । अनिताले मुनासँग घटनाको चार दिनअघि मात्रै कुराकानी भएको र मुना एक मात्र सन्तान रहेको जानकारी दिएकी छन् ।

अमेरकामा बसोबास गर्ने नेपाली युवती ममता काफ्लेको हत्या भएको केही दिनपछि नै अर्की नेपाली युवतीको हत्याको समाचार सार्वजनिक भएको छ । काफ्लेको भने आफ्नै पतिले हत्या गरेको खुलासा भएको भन्दै प्रहरीले पक्राउ गरिसकेको छ ।

अमेरिकामा आम नागरिकले पनि हातहतियार राख्न पाउने कानुन छ । जसले गर्दा हरेक वर्ष यस्ता हत्याका घटना बढिरहेको पाइन्छ । तर नेपाली विद्यार्थी तथा आप्रवासीहरुको हकमा हतियार राख्न पाउने प्राबधान छैन । यद्यपि हतियार सम्बन्धी कानुन परिमार्जन गर्नुपर्ने भन्दै बारम्बार सरकारको आलोचना हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस