२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा रेडियो प्रयोगकर्ता घटे

१८ कार्तिक २०७३, बिहीबार ०४:१९

कात्तिक १८, रोल्पा । कुनै समय सूचना र मनोरञ्जनको एक मात्र विकल्प मानिएको रेडियोका प्रयोगकर्ता पछिल्ला दिनमा घट्दै गएको एक अनुसन्धानले देखाएको छ । 

नेपाल सेन्टर फर कन्टेम्पोररी रिसर्च, जावलाखेल, ललितपुरले रोल्पामा गरेको एक अनुसन्धान प्रतिवेदनले यस्तो देखाएको हो । अनुसन्धान प्रतिवेदनअनुसार सन् २०१२ मा जिल्लामा रेडियो प्रयोगकर्ता ५१।७ प्रतिशत रहेकामा सन् २०१५ मा यो सङ्ख्या घटेर ४६।७ प्रतिशतमा झरेको छ । मोबाइलबाट सूचना मनोरञ्जन समेतको सुविधा प्राप्त भएकाले रेडियोको स्थान मोबाइल फोनले लिएको हुनसक्ने आँकलन गरिएको छ । 

मोबाइल प्रयोगकर्ता भने सन् २०१२ मा ७५ प्रतिशत रहेकामा सन् २०१५ मा बढेर ८३ प्रतिशतमा पुगेको छ । त्यसो त सदरमुकाम लिवाङलगायत रोल्पाका अधिकांश बजार केन्द्रमा रेडियो बिक्री तथा मर्मत पसल विस्थापित भइरहेका छन् भने मोबाइल बिक्री तथा मर्मत पसल थपिँदै गएका छन् । लामो समयदेखि रेडियो मर्मत गर्दै आउनुभएका लिवाङका राम थापाका अनुसार रेडियो किन्ने तथा पुराना मर्मत गर्ने ग्राहक आउन छाडेका कारण आफूले पनि व्यवसायमा विविधीकरण गरेको बताउनुभयो । 

जिल्लामा रेडियो विस्थापित हुनु र मोबाइल प्रयोगकर्ता बढ्नु जिल्ला सूचना प्रविधिमा अगाडि बढ्दै गरेको सङ्केत भएको सूचना प्रविधिका जानकार भुवन श्रेष्ठले बताउनुभयो । अनुसन्धान जिल्लाका लिवाङ, थवाङ र बुढागाउँ गाविसमा पहिलो चरणमा सात सय १७ घरधुरी र दोस्रो चरणमा ६ सय २९ घरधुरीमा गरिएको अनुसन्धानकर्ता गोपीकेश आचार्यले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य