2026-09-19 01:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा रेडियो प्रयोगकर्ता घटे

कात्तिक १८, रोल्पा । कुनै समय सूचना र मनोरञ्जनको एक मात्र विकल्प मानिएको रेडियोका प्रयोगकर्ता पछिल्ला दिनमा घट्दै गएको एक अनुसन्धानले देखाएको छ । 

नेपाल सेन्टर फर कन्टेम्पोररी रिसर्च, जावलाखेल, ललितपुरले रोल्पामा गरेको एक अनुसन्धान प्रतिवेदनले यस्तो देखाएको हो । अनुसन्धान प्रतिवेदनअनुसार सन् २०१२ मा जिल्लामा रेडियो प्रयोगकर्ता ५१।७ प्रतिशत रहेकामा सन् २०१५ मा यो सङ्ख्या घटेर ४६।७ प्रतिशतमा झरेको छ । मोबाइलबाट सूचना मनोरञ्जन समेतको सुविधा प्राप्त भएकाले रेडियोको स्थान मोबाइल फोनले लिएको हुनसक्ने आँकलन गरिएको छ । 

मोबाइल प्रयोगकर्ता भने सन् २०१२ मा ७५ प्रतिशत रहेकामा सन् २०१५ मा बढेर ८३ प्रतिशतमा पुगेको छ । त्यसो त सदरमुकाम लिवाङलगायत रोल्पाका अधिकांश बजार केन्द्रमा रेडियो बिक्री तथा मर्मत पसल विस्थापित भइरहेका छन् भने मोबाइल बिक्री तथा मर्मत पसल थपिँदै गएका छन् । लामो समयदेखि रेडियो मर्मत गर्दै आउनुभएका लिवाङका राम थापाका अनुसार रेडियो किन्ने तथा पुराना मर्मत गर्ने ग्राहक आउन छाडेका कारण आफूले पनि व्यवसायमा विविधीकरण गरेको बताउनुभयो । 

जिल्लामा रेडियो विस्थापित हुनु र मोबाइल प्रयोगकर्ता बढ्नु जिल्ला सूचना प्रविधिमा अगाडि बढ्दै गरेको सङ्केत भएको सूचना प्रविधिका जानकार भुवन श्रेष्ठले बताउनुभयो । अनुसन्धान जिल्लाका लिवाङ, थवाङ र बुढागाउँ गाविसमा पहिलो चरणमा सात सय १७ घरधुरी र दोस्रो चरणमा ६ सय २९ घरधुरीमा गरिएको अनुसन्धानकर्ता गोपीकेश आचार्यले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई