३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

हिन्डनबर्गको आरोप बाबजुद अडानी कसरी बने भारतकै धनी व्यक्ति ?

१४ भाद्र २०८१, शुक्रबार ११:०५

भदौ १४, काठमाडौं । मुकेश अम्बानीलाई पछि पार्दै भारतीय अर्बपति गौतम अडानी भारतको सबैभन्दा धनी व्यक्ति बनेका छन् । अमेरिकी सर्ट सेलिंग फर्म हिन्डनबर्ग रिसर्चले गत वर्ष जनवरीमा अडानी समूहविरुद्ध प्रतिवेदन सार्वजनिक गरेको थियो । 

२४ जनवरी २०२३ मा अमेरिकी फोरेन्सिक फाइनेन्सियल कम्पनी हिन्डनबर्गले अडानीमाथि गरेको अनुसन्धानात्मक रिपोर्टमा अडानी समूहमाथि भ्रष्टाचारको गम्भीर आरोपहरु लगाइएको थियो । सँगै रिपोर्टमा अडानी समूहको सामुन्ने ८८ वटा प्रश्न राखिएको थियो ।


त्यसपछि अडानी समूहको शेयरमा भारी गिरावट आएको थियो । त्यसका बाबजुद पनि पछिल्लो समय अडानीको सम्पत्तिमा भारी वृद्धि भएको देखिन्छ ।

हुरुन इन्डिया २०२४ धनी व्यक्तिको सूचीअनुसार पछिल्लो एक वर्षमा अडानी परिवारको कुल सम्पत्ति ५,६५,५०३ करोडले बढेको छ । यससँगै अडानी भारत र एशियाका दोस्रो धनी व्यक्ति बनेका छन् । अडानीको  पारिवारिक सम्पत्ति ९५ प्रतिशतले बढेर ११.६ लाख करोड रुपैयाँ पुगेको छ ।

उनले अम्बानी परिवारलाई पछाडि छोडेका छन् । पछिल्लो ५ वर्षमा अडानीको कुल सम्पत्ति देशका शीर्ष १० धनी व्यक्तिमध्ये सबैभन्दा बढेको छ । हिन्डनबर्ग रपोर्टका बावजुद, उनको कुल सम्पत्तिमा उल्लेख्य सुधार देखिएको छ । अडानी समूह भारतको तेस्रो ठूलो औद्योगिक घराना हो । उक्त समूहको व्यवसाय एयरपोर्ट, पोर्ट, पावर, एफएमसीजी, रियल्टी, इन्फ्रा, सिमेन्ट र मिडिया लगायत धेरै क्षेत्रमा फैलिएको छ ।

हिन्डनबर्गको आरोपपश्चात् पनि अडानी समूहले छोटो समयमा उल्लेख्य कमाइ गरेको छ । गत वर्षको तुलनामा अडानी समूहको सम्पत्तिमा ९५ प्रतिशतले वृद्धि भएको छ ।

अडानी परिवारको कुल सम्पत्ति ११,६१,८०० करोड रुपैयाँ पुगेको छ। पछिल्लो एक वर्षमा अडानीको नेटवर्थ बढ्नुको कारण समूहको शेयरमा भएको वृद्धि हो । यस अवधिमा, अडानी पोर्ट्सले सबैभन्दा बढी ९८५ वृद्धि गरेको छ । त्यस्तै अडानी इनर्जी, अडानी ग्यास, अडानी ट्रान्समिसन र अडानी पावरको सेयर औसत ७६ प्रतिशतले बढेको छ ।

लामो समय भारतको सबैभन्दा धनी व्यक्तिका रुपमा रहेका अम्बानी दोस्रो नम्बरमा छन् । उनको कुल सम्पत्ति  १०,१४,७०० करोड रहेको छ । उनको सम्पत्तिमा २५ प्रतिशत वृद्धि भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ?