२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

हमासको नियन्त्रणमा रहेका ६ जना बन्धक मृत अवस्थामा भेटिए

२०८१, १६ भाद्र आईतवार ०६:३४

भदौ १६, काठमाडौँ | इजरायलले हमासको नियन्त्रणमा रहेका ६ जना बन्धकलाई मृत अवस्थामा फेला पारेको छ ।

हमासले गाजामा बन्दी बनाएर राखेका उनीहरुलाई रफाह क्षेत्रस्थित भुमिगत सुरुङमा शनिबार मृत फेला पारेको इजरायली सेनाले जनाएको छ ।

सबै शवलाई इजरायली सिमानामा फिर्ता पठाइएको आईतबार जारी गरेको आईडिएफले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्ष गोल्डबर्ग पोलिन, अलेक्ज्याण्डर लोबानोभ, अल्मोग सरुसी र मास्टर सार्जेंट ओरी डानिनोको शव भेटिएको आईडिएफले बताएको छ। सबै मृतकको परिवारलाई जानकारी गराइसकिएको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणपछि २५१ जनालाई बन्धक बनाइएको थियो ।

६ जनालाई नै हमासले हत्या गरेको आइडिएफको विज्ञप्तिमा दाबी गरिएको छ ।

लडाइँका बीच अमेरिका, इजिप्ट र कतारका मध्यस्कर्ताको प्रयासमा युद्धविरामका लागि पहल पनि जारी छ । सो वार्ता सफल भएमा इजरायली कारगारमा रहेका प्यालेस्टिनी कैदीको बदलामा हमासले सबै बन्धक मुक्त गर्नेछ।

बाँकी रहेका ९७ बन्धकमध्ये २७ जना मारिएको अनुमान गरिएको छ । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म गाजामा ४० हजार ५ सयभन्दा धेरै मानिस मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ?: हर्क साम्पाङ प्रधानमन्त्री नआएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध जनाए बर्दियामा बस दुर्घटना हुँदा १० जना घाइते मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु मन्त्रिपरिषद् बैठक सुरु घट्यो सुनको मूल्य